Siraha Times
ताजा समाचार

NGO र INGO को जागिर छोडेर अरुलाई जागिर दिने रहरमा उद्योग संचालन

  • कार्तिक २, २०७८
  • ७४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २ कार्तिक - सिरहाको धनगढीमाई नगरपालीका ३ हनुमानगरमा साना उधोग संचालनमा आएको छ।गरिबी जिबनको सामना गर्दै उकासीएका जिबछ प्रसाद साफीले जिबिका चलाउन विभिन्न NGO र INGO मा जागिर गरेर १५ बर्ष बिताए। अङ्ग्रेजी विषयमा MA सम्मको शिक्षा अध्ययन गरेका साफिले आफ्नो जागिर छोडेर अरुलाई जागीर दिने रहरले ठुलो लगानीमा गाउँमै उधोग संचालन गरेका छन् । शिबम मल्टी प्रोडक्ट एन्ड ट्रेड ईन्डष्टिज प्रा.ली.नाम गरेको उधोग संचालनमा ल्याईएको छ। तरकारीमा प्रयोग हुने विभिन्न प्रकारको मसलाको पाउडर र बिना मिसावटको सुध तोरीको तेल उत्पादन हुने गरेको छ। स्वास्थको लागि राम्रो र स्वादीलो मसला बजारमा उपलब्ध हुने गरेको हो। उधोग अनुगमनको लागि नेपाल पत्रकार महा संघ सिरहा सखालाई आमन्त्रण गरेका थिए। उत्पादन भएको सामग्री महा संघका सभापति मनोज बनैता सदस्य महेश सिंह,सदस्य संजय बिश्वकर्मा लाई पनि नि:शुल्क रूपमा टेस्ट गर्नको लागी दिएको हो। हाल सिरहाको लहान गोलबजार, धनगढी, चोहर्वा, मिर्चैया, लगायतका बजारहरुमा प्रयाप्त मात्रामा उत्पादन सामग्रीहरु उपलब्ध हुने गरेका छन्।अरु मसला भन्दा गुणस्तरीय रहेको संचालक जिबछ प्रसाद साफिले जानकारी दिनु भयो। आफू जागिर छोडे पनि अरु करीब १० जना लाई काम दिएको साफिले बताए।
 Open Photo
Open Photo
Open Photo
Open Photo
 
 
 

प्रतिक्रिया दिनुहोस

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१