Siraha Times
ताजा समाचार

बाबा रामरहिम सहित पाँच जनालाई जन्मकैद सजाय सुनाइयो

  • कार्तिक १, २०७८
  • १३५३ पटक पढिएको
  • रामएकवाल राम
alt

एजेन्सी  - सच्चा सौदाका प्रमुख बाबा गुरमित रामरहिम सिंह सहित अन्य पाँच जनालाई भारतस्थित पन्चकुलको विशेष अदालतले जन्मकैदको सजाय सुनाएको छ 

रन्जित सिंह ह’त्याकाण्डमा दोषी ठहरिएका रामरहिमसहित अन्य पाँचलाई सोमबार करिब १९ वर्षपछि जन्मकैदको सजाय सुनाएको हो । आफूलाई ‘गडफादर’ भनेर चिनाउने बाबा रामरहिमले १९ वर्षअघि अर्थात् सन् २००२ मा आफ्ना म्यानेजर रञ्जित सिंहको ह’त्या गर्ने षड्यन्त्र रचेका थिए ।

भारतको अनुसन्धान केन्द्र सिबिआईले रामरहिमलाई फाँ’सीको सजाय दिन माग गरेको थियो । यद्यपि, अदालतले सोमबार उनलाई जन्मकैद सुनाउने अन्तिम निर्णय गरेको छ। जन्मकैदको सजायसँगै रामरहिमलाई अदालतले ३१ लाख भारतीय रुपैयाँ जरिवाना सुनाएको छ ।

उनले अब ५० प्रतिशत जरिवाना तिर्नुपर्छ । बाँकी दोषीहरुलाई पचास हजार रुपैयाँ जरिवाना गरिएको छ । जरिवानाको आधा रकम पीडित परिवारलाई दिइनेछ ।यसअघि बलात्का’रको सजायसमेत भोगका गुरमित रामरहिम सिंहलाई अदालतले ह’त्यामा संलग्न भएको भन्दै अक्टोबर ८ मा दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

एम्बुलेन्समै १०५ किल ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१