बाबा रामरहिम सहित पाँच जनालाई जन्मकैद सजाय सुनाइयो

  • कार्तिक १, २०७८
  • ११५६ पटक पढिएको
  • रामएकवाल राम
alt

एजेन्सी  - सच्चा सौदाका प्रमुख बाबा गुरमित रामरहिम सिंह सहित अन्य पाँच जनालाई भारतस्थित पन्चकुलको विशेष अदालतले जन्मकैदको सजाय सुनाएको छ 

रन्जित सिंह ह’त्याकाण्डमा दोषी ठहरिएका रामरहिमसहित अन्य पाँचलाई सोमबार करिब १९ वर्षपछि जन्मकैदको सजाय सुनाएको हो । आफूलाई ‘गडफादर’ भनेर चिनाउने बाबा रामरहिमले १९ वर्षअघि अर्थात् सन् २००२ मा आफ्ना म्यानेजर रञ्जित सिंहको ह’त्या गर्ने षड्यन्त्र रचेका थिए ।

भारतको अनुसन्धान केन्द्र सिबिआईले रामरहिमलाई फाँ’सीको सजाय दिन माग गरेको थियो । यद्यपि, अदालतले सोमबार उनलाई जन्मकैद सुनाउने अन्तिम निर्णय गरेको छ। जन्मकैदको सजायसँगै रामरहिमलाई अदालतले ३१ लाख भारतीय रुपैयाँ जरिवाना सुनाएको छ ।

उनले अब ५० प्रतिशत जरिवाना तिर्नुपर्छ । बाँकी दोषीहरुलाई पचास हजार रुपैयाँ जरिवाना गरिएको छ । जरिवानाको आधा रकम पीडित परिवारलाई दिइनेछ ।यसअघि बलात्का’रको सजायसमेत भोगका गुरमित रामरहिम सिंहलाई अदालतले ह’त्यामा संलग्न भएको भन्दै अक्टोबर ८ मा दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान–१५ ढोढनास्थित म ...

लहान, वैशाख २९ । लहान नगरपालिका–१५ स्थित ऐतिहासिक एवं धार्मिक महत्त्वको केन्द्र माँ राजदेवी पञ ...

सिरहाका ट्राफिक प्रह ...

लहान वैशाख २९ । ट्राफिक नियम कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी पाएका ट्राफिक प्रहरीहरू नै यात्र ...

ब्रम्हान मन्दिर जान ...

ओम प्रकाश यादव लहान,वैशाख २९ । लहान नगरपालिका–२० मा अवस्थित ऐतिहासिक र धार्मिक महत्व बोके ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१