Siraha Times
ताजा समाचार

लहान नगरपालीकाले सिकाई केन्द्रका शिक्षिकाहरुलाई दसौंको मुखमा पनि दिएन तलब

  • कार्तिक १, २०७८
  • ७५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १ कार्तिक  - लाहान नगरपालिकामा रहेका सामुदायिक सिकाई केन्द्रका शिक्षिकाहरु महिनौं देखि तलब नपाएर बिचल्लीमा परेका छन् । १५ महिनादेखि तलब नपाउँदा दशैं समेत खल्लो भएको भन्दै उनीहरु लहान नगरपालिकाविरुद्ध आन्दोलित भएका छन् । तलबको लागि पटकपटक लाहान नगरपालिकाका मेयर मुन्नी साह सुडी र प्रमुख प्रशासकिय अधिकृत खेम भुसाललाई हारगुहार गरेपनि केहि सीप नलागेपछि शिक्षिकाहरु आन्दोलन गर्नुपर्ने अवस्थामा पुगेको परिचालिका रन्जु कुमारी महतोले बताईन। मेयर साहको यस्तो प्रवृत्तिलाई तानाशाही भन्दै लाहान २ निवासी ज्ञानकुमार सिंहले चर्को विरोध गरेका छन् । सिंहले पीडित शिक्षिकाहरुको तलब यथाशीघ्र वितरण गर्न जोडदार माग गरेका छन् ।

Open Photo

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१