राजविराज, २८ असोज । सप्तरीको तिलाठी काइलाडी गाउँपालिका–८ खाँडो नदीस्थित बुधवार सडक दुर्घटना हुँदा बालकको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।

पश्चिमतर्फ आउँदै गरेको स २ प ३४८९ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आएको ना १ ना ७४१८ नम्बरको माइक्रोले ठक्कर दिँदा दुर्घटना भएको हो । ठक्करबाट हनुमाननगर कंकालिनी नगरपािलका–५ का शैलेश सिंहको १६ वर्षीय छोरा संम्रिधकुमार सिंहको मृत्यु भएको छ ।

 

दुर्घटनामा घाइते भएका सिंहको उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको थियो । थप उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

दुर्घटनामा घाइते भएका सोही नगरपालिका–१० का २२ वर्षीय अरविन खंगको उपचार भइरहेको जनाएको छ ।