Siraha Times
ताजा समाचार

सिरहा : निजि काममा सरकारी जेसिबी प्रयोग गरेको भन्दै स्थानीय आक्रोशित

  • असोज २८, २०७८
  • ७७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २८, असोज । सिरहाको नवराजपुर गाउँपालिकाका गापा अध्यक्ष विश्वमोहन यदवले सरकारी गाडीको दुरुपयोग गरेको भन्दै स्थानीय युवाहरु आन्दोलनमा उत्रेको छ । अध्यक्ष यादवले आफ्नो निजि जग्गामा पोखरी खन्न पालिकाको सराकरी गाडी जेसिबी प्रयोग गरेको भन्दै बुधबार गाउँपालिकामा युवाहरुको एक समुहद्वारा तनावग्रस्त भएको नवराजपुर गाउँपालिका वडा नम्बर - ४ निवासी जिवछ प्रसाद यादवले बताए । आन्दोलित युवाहरुको एक समुहले सरकारी जेसिबिद्वारा पोखरी खनिरहेको अबस्थामा काम बन्द गराई साचो प्रहरीलाई बुझाएको छ । वडा नम्बर - ४ स्थित गापा अध्यक्ष यादवको निजि जग्गामा करिब डेढ महिना देखि उक्त गाडीले पोखरी खनिरहेको छ , त्यसमा सरकारी ट्रायक्टर समेत प्रयोग गरिएको उनिहरुको आरोप छ ।

पोखरीबाट निस्केको माटोलाई समेत पालिका अध्यक्ष यादवले नजिकै बरियारपट्टी गाउँपालिका वडा नम्बर - १ नरगीमा ४ , ५ सयको दरले बेचेको आन्दोलन पक्षको आरोप छ । यता गाउँपालिका अध्यक्ष यादवले,- मैले आफ्नो निजि जग्गामा पोखरी खनेको छु, तर पोखरीको माटो कसैलाई नबेचेको बताएका छन् , पोखरीको माटोले गाउँपालिकाको विभिन्न वडामा विकास गराएको छु , दावी गरे । नव निर्मित पोखरी भन्दा करिब २ किलोमिटर नजिकै बरियारपट्टी गाउँपालिका नरगी टोल छ , त्यहाँको स्थानीयहरुले आफ्नै ट्रायक्टर ल्याई माटो लगेको अध्यक्ष यादवले बताए । मेरो निजि जग्गा हो , म माटो दिन सक्छु , त्यो मेरो अधिकारको बिषय भएको उनले सुनाए । मैले पोखरीको माटोले गाउँपालिकामा विकास गराएको छु उनले पुनः दोह्राए । स्थानीयको निवेदनको आधारमा गाउँपालिका विभिन्न टोलहरुमा बिकास गर्न माटो खासालेको छु । र त्यसको लागि मैले सरकारी जेसिबिको प्रयोग गरेको अध्यक्ष यादवको कथन छ । राजनीतिक प्रतिशोध साध्न बिपक्षीहरुले म माथी विभिन्न झुठा आरोप लगाएको अध्यक्ष यादवको भनाई छ।

प्रतिक्रिया दिनुहोस

लहानमा श्री माध्यमिक ...

ओम प्रकाश यादव लहान, वैशाख ९ । सिराहा जिल्लाको लहानस्थित श्री माध्यमिक विद्यालय पडरिया थारुटोलल ...

हावाहुरीपीडित मुसहर ...

ओम प्रकाश यादव लहान, वैशाख ९ । हालै आएको हावाहुरीका कारण लहान नगरपालिका–२१ स्थित मुसहर समुदायक ...

उज्ज्वल भविष्य परियो ...

ओम प्रकाश यादव लहान, बैशाख ९। “उज्ज्वल भविष्य परियोजना (Bright Future Project)” अन्तर्गत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१