सिरहा : निजि काममा सरकारी जेसिबी प्रयोग गरेको भन्दै स्थानीय आक्रोशित

  • आश्विन २८, २०७८
  • ५७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २८, असोज । सिरहाको नवराजपुर गाउँपालिकाका गापा अध्यक्ष विश्वमोहन यदवले सरकारी गाडीको दुरुपयोग गरेको भन्दै स्थानीय युवाहरु आन्दोलनमा उत्रेको छ । अध्यक्ष यादवले आफ्नो निजि जग्गामा पोखरी खन्न पालिकाको सराकरी गाडी जेसिबी प्रयोग गरेको भन्दै बुधबार गाउँपालिकामा युवाहरुको एक समुहद्वारा तनावग्रस्त भएको नवराजपुर गाउँपालिका वडा नम्बर - ४ निवासी जिवछ प्रसाद यादवले बताए । आन्दोलित युवाहरुको एक समुहले सरकारी जेसिबिद्वारा पोखरी खनिरहेको अबस्थामा काम बन्द गराई साचो प्रहरीलाई बुझाएको छ । वडा नम्बर - ४ स्थित गापा अध्यक्ष यादवको निजि जग्गामा करिब डेढ महिना देखि उक्त गाडीले पोखरी खनिरहेको छ , त्यसमा सरकारी ट्रायक्टर समेत प्रयोग गरिएको उनिहरुको आरोप छ ।

पोखरीबाट निस्केको माटोलाई समेत पालिका अध्यक्ष यादवले नजिकै बरियारपट्टी गाउँपालिका वडा नम्बर - १ नरगीमा ४ , ५ सयको दरले बेचेको आन्दोलन पक्षको आरोप छ । यता गाउँपालिका अध्यक्ष यादवले,- मैले आफ्नो निजि जग्गामा पोखरी खनेको छु, तर पोखरीको माटो कसैलाई नबेचेको बताएका छन् , पोखरीको माटोले गाउँपालिकाको विभिन्न वडामा विकास गराएको छु , दावी गरे । नव निर्मित पोखरी भन्दा करिब २ किलोमिटर नजिकै बरियारपट्टी गाउँपालिका नरगी टोल छ , त्यहाँको स्थानीयहरुले आफ्नै ट्रायक्टर ल्याई माटो लगेको अध्यक्ष यादवले बताए । मेरो निजि जग्गा हो , म माटो दिन सक्छु , त्यो मेरो अधिकारको बिषय भएको उनले सुनाए । मैले पोखरीको माटोले गाउँपालिकामा विकास गराएको छु उनले पुनः दोह्राए । स्थानीयको निवेदनको आधारमा गाउँपालिका विभिन्न टोलहरुमा बिकास गर्न माटो खासालेको छु । र त्यसको लागि मैले सरकारी जेसिबिको प्रयोग गरेको अध्यक्ष यादवको कथन छ । राजनीतिक प्रतिशोध साध्न बिपक्षीहरुले म माथी विभिन्न झुठा आरोप लगाएको अध्यक्ष यादवको भनाई छ।

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१