Siraha Times
ताजा समाचार

निल गगन के चाँद आहाके म्युजिक विडियो विमोचन

  • असोज २४, २०७८
  • ८९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा,लहान असोज २४ गते । मैथिली गित निल गगन के चाँद आहाके म्युजिक विडियो विमोचन सिरहाको लहानमा शनिबार गरेको छ । मैथिली गित निल गगन के चाँद आहाू को म्युजिक विडियो विमोचन कार्यक्रमको अध्यक्षता पहिलो पटक अभिनयको क्षेत्रमा पाइला चलेका दुर्गा चौधरीले गरेका थिए । भने प्रमुख अतिथिको रुपमा चौधरीका ममतामयी आमा रम्भा चौधरीले गर्नु भएको थियो। एस।पी सिंहको शब्द र निल घतानिको संगीत रहेको गीतमा सुमधुर आवाज मिथिलाका चर्चित गायक तेजु मैथिल र सुषमा झाको रहेको छ भने मनिषा चौधरीले निर्माण गरेको म्युजिक विडियोको निर्देशन मोडेल तथा निर्देशक प्रदिप कुमार रसाइलीले गरेका छन्। यस म्युजिक विडियोमा दुर्गा चौधरीको र सृष्टि ढुङ्गेलको मुख्य भूमिकामा देखिएको छ। । त्यस्तै कार्यक्रमको विशिष्ट अतिमा शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज रहनु भएको थियो।

त्यस्तै अतिथिहरुमा गायक तथा संगीतकार पारशमणि, गायक तेजु मैथिल ,कलाकार दिलिप मगर ,मोडेल श्रीष्टि ढुंगेल,संचारकर्मी महेश सिंह ,अनिल चौधरी ,प्रदिप कुमार रसाइली लगायतका रहेका थिए। कार्यक्रममा म्युजिक विडियोको प्रदर्शनी पछि शुभकामना मन्तव्यको क्रममा सम्पूर्ण अतिथिहरुले विडियोको प्रशंशा संगै सफलताको कामना संगै सल्लाह सुझव पनि दिईएको थियो । दुर्गा चौधरीको पहिलो विडियो भए पनि उनको अभिनयलाई प्रसंशा गरेको थियो भने विडियोलाई राम्रो बनाउन निर्देशक रसाइलीले निकै मेहनत गरेको भन्दै धन्यवाद ज्ञापन समेत गरेका छन्। कार्यक्रमा विडियोलाई उत्कृष्ट बनाउन सहयोग गरेकाहरु श्रवन कुमार साह ,गायक तेजु मैथिल,सन्तोष कुमार चौधरी ,यस कुमार चौधरी ,सन्तोष चौधरी ,दुर्गा चौधरी ,अमृत चापागाई ,चुनु शर्मा ,सृष्टि ढुङ्गेल,प्रदिप रसाइलीलाई आयोजक मनिषा चौधरीले प्रमुख अतिथि रम्भा चौधरी र विशिष्ट अतिथि फिरोज शेखको हात बाट सम्मान९पत्रले सम्मानित गरेका थियो। कार्यक्रममा स्वागत मन्तव्य गायक तेजु मैथिलले गित संगै आफ्नो शब्दका गुच्छाले स्वागत गरेका थिए ।

Open Photo

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१