Siraha Times
ताजा समाचार

एमसिसीको विरोधमा अमेरिकी दूतावासअगाडि आज पनि प्रदर्शन

  • भदौ २१, २०७८
  • १०५१ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)सँग आबद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विरोधमा अमेरिकी दूतावासअगाडि प्रदर्शन गरेको छ। संगठनका नेता–कार्यकर्ताले सोमबार दिउँसो महाराजगन्जस्थित अमेरिकी दूतावासमा पुगेर एमसिसी खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी संगठनका केही नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रदर्शनकारीहरूले दूतावासअगाडिको सडकमा उभिएर ‘राष्ट्रघाती एमसिसी सम्झौता तत्काल खारेज गर’ भन्दै चर्का नाराबाजी गरेका थिए।

सो संगठनले एमसिसी पारित गरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिँदै आएको छ। यसअघि, आजै एमसिसीको विरोधमा पोखरामा पनि प्रदर्शन भएको थियो। सरकारले केही दिनअघि मात्र एमसिसीबारे स्पष्ट पार्न माग गर्दै अमेरिकी सरकारलाई पत्राचार गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१