Siraha Times
ताजा समाचार

महन्थ ठाकुरको पार्टी : नाम जसपा लोकतान्त्रिक नेपाल, चुनाव चिह्न साइकल

  • भदौ २, २०७८
  • ४९६ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्ले मंगलबार सिफारिस गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेसँगै जसपा नेपालको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षले दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी थालेको छ।

ठाकुर पक्षले पार्टीको नाम जसपा लोकतान्त्रिक नेपाल र चुनाव चिह्न साइकल राख्ने निर्णय गरेको छ। यस्तै, पार्टी केन्द्रीय कार्यकारिणी समितिमा २३  र २४ जना रहने गरी दुईवटा प्रस्ताव तयार पारेको छ।

जेलमा रहेका रेशम चौधरीले आफ्नो नाम राख्ने विषयमा सहमति जनाएपछि २४ जनाको केन्द्रीय कार्यकारिणीको एउटा र उनी सनाखतमा उपस्थित नभएको खण्डमा २३ जनाको केन्द्रीय कार्यकारिणी बनाउने गरी दुईवटा प्रस्ताव तयार भएको नेता अकवाल मियाँले जानकारी दिए। चौधरी जसपाको आधिकारिकता पाएको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिमा पनि रहेका छन्।

मियाँले  अध्यादेश राजपत्रमा प्रकाशित भएर आएपछि आफूहरू आयोग जाने तयारीमा रहेको बताए

प्रतिक्रिया दिनुहोस

लाहानमा चोरको बिगबिग ...

लहान, वैशाख २३ । सिरहाको लहान नगरपालिका क्षेत्रमा पछिल्लो समय चोरीका घटनाहरू तीव्र रूपमा बढिरहेका बे ...

बलान बिहुलमा कुपोषण ...

रहमुल, लहान २२ वैशाख । “समृद्ध बलान बिहुल” अभियान अन्तर्गत सप्तरीको बलान बिहुल गाउँ ...

‘सुनौलो हजार दिन’ अभ ...

रहमुल, लहान, २२ वैशाख । मातृ तथा शिशु स्वास्थ्य सुदृढ गर्ने लक्ष्यसहित सिरहाको सखुवानन्कारकट्टी गाउँ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१