Siraha Times
ताजा समाचार

ट्याक्टर पल्टिँदा सिरहामा किचिएर एक जनाको मृत्यु, दुवै जना फरार

  • साउन २७, २०७८
  • ९२८ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा – ट्याक्टर पल्टिँदा सिरहामा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा गोलबजार नगरपालिका १ निपानेका ३० वर्षीय अरुण यादव रहेका छन् ।मृतक यादव सोही ट्याक्टरमा लेवरको रूपमा काम गर्दै आएका थिए ।

सिरहामा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर ७ स्थित गागन खोलानजिकै स १ त ५९३५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको हो ।साउनदेखि भदौ मसान्तसम्म खोला बन्द रहेको अवस्थामा ट्याक्टर रातिको समयमा बालुवा ल्याउन गागन खोला गएको थियो । सोही क्रममा ट्याक्टर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

ट्याक्टर दुर्घटनापछि ट्याक्टरमा रहेका सबै फरार भएका थिए । बिहान मात्रै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थल पुगेको प्रहरीले शव ल्याएर पोष्टमार्टमको लागि लहान पठाएको छ ।

ट्याक्टरका चालक अर्जुन मुखिया र ट्याक्टरधनी दिनेश यादव दुवै जना फरार रहेको र उनीहरूको तीब्र खोजीकार्य भइरहेको सिरहाका प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

राजदेवी पञ्चावती मन् ...

ओम प्रकाश यादव लहान, १८ वैशाख । लहान नगरपालिका–१५, ढोडनास्थित श्री राजदेवी पञ्चावती मन्दिरमा ल ...

खरिदारदेखि आईजीपीसम् ...

काठमाडौं । मुलुकको आन्तरिक सुरक्षा, सीमा व्यवस्थापन तथा विपद् प्रतिकार्यको अग्रपंक्तिमा रहेको सशस्त् ...

सिरहामा खाद्य सुरक्ष ...

रहमुल, १८ वैशाख, सिरहा । सिरहा जिल्लामा खाद्य सुरक्षा सुदृढीकरण र एकीकृत पोषण सुधारका लागि जिल्ला स् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१