कतारको हमाद एयरपोर्ट संसारकै सर्वोत्कृष्ट विमानस्थल

  • साउन २६, २०७८
  • ७७० पटक पढिएको
  • रामएकवाल राम
alt

एजेन्सी । कतारको हमाद अन्तराष्ट्रिय विमानस्थल संसारकै सर्वोत्कृष्ट विमानस्थल चुनिएको छ । विमानस्थलहरुको मुल्यांकन एवं वरियता निर्धारण गर्दै आएको स्काईट्र्याक्स कम्पनीले हिजो सार्वजनिक गरेको सूचीमा कतारको हमाद एयरपोर्ट शिर्ष नम्बरमा रहेको हो ।

झण्डै एक दशकमा पहिलो पटक सिंगापुरको चांगी एयरपोर्टको वरियता खस्केको छ । लगातार शिर्ष स्थानमा रहँदै आएको चांगी यसपटक तेस्रो नम्बरमा झरेको छ ।

कतार सरकार र कतार एयरवेजको लगातारको लगानी र सुधारपछि हमाद एयरपोर्ट शिर्ष स्थानमा उक्लिएको हो । यसपटकको वरियतामा हमाद र चांगीको बिचमा दोस्रो स्थानमा जापानको टोकियो हानेदा एयरपोर्ट आएको छ ।

शिर्ष १० स्थानमा जापानका तिन वटा विमानस्थल हानेदा, नारिता र कान्साई परेका छन् । यसैगरी दक्षिण कोरियाको इन्चीयोन, जर्मनीको म्युनिख, स्विट्जरल्याण्डको जुरिच, लण्डनको हिथ्रो र हङकङ विमानस्थल पनि शिर्ष १० को सूचीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

सिराहा सेवा समाज कता ...

ओम प्रकाश यादव लहान मंसिर १८ । सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बृहत् रक ...

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१