Siraha Times
ताजा समाचार

रविदास समाज सेवा कतारद्वारा मृगौला पीडित बचाउ अभियान सम्मापन

  • साउन २३, २०७८
  • ११०० पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम दोहा (कतार) – रविदास समाज सेवा कतार शाखाद्वारा संचालन गरिएको मृगौला पिडित बचाउ अभियान शुक्रबार सम्मापन गरेका छन।

दोहा कतारको एसियन टाउन स्थित ग्राण्ड मल्लमा  भएको सो कार्यक्रममा धनुषा जिल्ला मिथिला  नगरपालिका वाडा न.-९ निवासी मृगौला पीडित  मन्टुटिया रविदासको लागि कतार शाखाद्वारा पहल गरिएको बचाउ अभियान सम्पन्न गरेका छन।

मृगौला पीडित रविदासले श्री बि.पि. कोईराला मेमोरियल अस्पताल भरतपुर चितवनमा उपचार गराईरहेका छन।उनको आर्थिक अवस्था निकै दयनीय एव दैनिक छाक टार्न समेत धौधौ समेत परेकोले रविदास समाज सेवा कतारले यस्तो अभियान संचालन गरेका थिए।
यस अभियानमा कतारमा बस्नु भएका विभिन्न समुदाय जातजाती एव रविदास समाज सेवाका पदाधिकारीहरुको सहयोगमा जम्मा कतरी रियाल ८२५ संकलन भएका छन ।उक्त राहत स्वरूप संकलन गरिएको रकम २ दिन भित्रै पठाएर र पीडित समक्ष पुर्याउने कतार शाखाका अध्यक्ष पाण्डव महराले जानकारी दिनुभयो।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न कतार सरकारले लगाएको नियमलाई पालन गरी आयोजना गरिएको सो कार्यक्रममा रविदास समाज सेवा कतारका अध्यक्ष पान्डव महरा  सल्लाहकार लालबाबू राम सह संयोजनक किर्ते महरा सचीव श्री नारायण राम सह सचिव रामउदगार राम लगाएत ३० जना भन्दा बढिको उपस्थीति रहेको अध्यक्ष महराले जानकारी दिएको हो।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१