Siraha Times
ताजा समाचार

विवेकशील साझा सद्भाव समूह राष्ट्रीय समिति कतार द्वारा ५८ जनाले गरे रक्तदान

  • साउन २३, २०७८
  • ७९७ पटक पढिएको
  • रामएकवाल राम
alt

दोहा कतार । विवेकशील साझा सद्भाव समूह राष्ट्रिय समिति कतारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

हमाद मेडिकल कर्पोरेसन रक्तदान केन्द्रसँगको सहकार्यमा शुक्रबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कतारमा रहेका नेपाली समुदाय तथा यहाँ स्थापित विभिन्न सङ्घ संस्थाहरूको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

आयोजक विवेकशील साझा कतारका संयोजक गणेश कार्की, सह-संयोजक जयशंकर शाह, केन्द्रिय सदस्य एवम् अन्तर्राष्ट्रिय समिति संयोजक सुरेस भट्ट ,पुर्वीय क्षेत्रीय संयोजक संतोष केसी सहित ५८ जनाले रक्तदान गरेका थिए भने कोरोना कहरका बिच ११२ जना सहभागीहरूको उपस्थिति रहेको थियो ।         

समितिका तर्फबाट रक्तदाताहरूलाई प्रशंसा प्रत्र प्रदान गरिएको थियो । विषम परिस्थितिमा उल्लेख्य उपस्थित जनाउनु हुने तथा दाताहरूलाई समितिको तर्फबाट अध्यक्ष कार्कीले धन्यवाद तथा आभार प्रकट गरेका थिए ।कार्यक्रम बिहान ८ बजेबाट मध्यान्हसम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

एम्बुलेन्समै १०५ किल ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१