शिल्पाका पति राज कुन्द्रालाई १४ दिन हिरासतमा राख्न अदालतको अनुमति

  • साउन १२, २०७८
  • ५२८ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं ।अभिनेत्री शिल्पा सेट्ठीका पति राज कुन्द्रालाई मुम्बईको अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ ।गत सोमबार पक्राउ परेका राज कुन्द्रालाई प्रहरी हिरासतमा राखिएको थियो ।

उनका साथै पक्राउ परेका अर्का एक व्यक्ति रायन थार्पलाई पनि १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिइएको छ ।राज कुन्द्रामाथि मुम्बई प्रहरीले पोर्नोग्राफिक फिल्म बनाउने र त्यसलाई एपको माध्यमबाट मानिसहरुमा पुर्‍याउने गरेको आरोपमा पक्राउ गरेको थियो ।

मुम्बई प्रहरीका अनुसार गत फेब्रुअरीमा प्रहरीमा एक उजुरी दर्ता भएको थियो । सोही उजुरीको अनुसन्धानको क्रममा राज कुन्द्रा पक्राउ परेका हुन् ।

प्रहरीले यो मामिलामा राज कुन्द्रा सामेल रहेको पर्याप्त प्रमाण भएको दाबी गरेको छ । राज कुन्द्राले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सिराहा सेवा समाज कता ...

ओम प्रकाश यादव लहान मंसिर १८ । सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बृहत् रक ...

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१