कतारमा नेपालीलाई ईदमा निषेधित पेय पदार्थको उपभोग तथा विक्री वितरण नगर्न दूतावासको आग्रह

  • साउन २, २०७८
  • ४२५ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम दोहा। इस्लामहरूको महान पर्व ईद–अल–अदा संयमित भएर मनाउन नेपाली समूदायलाई कतारस्थित नेपाली दूतावासले आग्रह गरेको छ।

कतारमा कार्यरत नेपाली कामदारलाई ईद इस्लाम धर्मावलम्बीको पवित्र चाड भएको स्मरण गराउँदै दूतावासले यहाँको धर्म, संस्कृति, परम्परा र मान्यताविपरित कुनै पनि कार्य नगर्न आग्रह गरेको हो।दूतावासले विशेषत जाँडरक्सी जस्ता निषेधित पेय पदार्थतर्फ लक्षित गर्दै यसको बेचबिखन र सार्वजनिक स्थलमा उपभोग गर्न–नगराउन अनुरोध गरेको छ।

पछिल्लो समय कतारमा केही नेपालीहरू जाँडरक्सी जस्ता निषेधित पदार्थको अवैध उत्पादन तथा विक्री वितरणमा संलग्न हुँदा सबै नेपाली बदनाम हुँदै आएका छन्। अवैध रुपमा नेपालीले जाँडरक्सी उत्पादन तथा विक्री वितरण गरेको कुरा बाहिरिन थालेपछि कतार सरकारले निकै ठूलो चासो राख्दै आएको छ।

कतारले आउँदो वर्ष विश्वकप फुटबलको आयोजना गर्दैछ। त्यसैले सरकारले सुरक्षा संवेदनालाई मध्यनजर राख्दै अवैध जाँडरक्सी उत्पादन तथा विक्री वितरणलाई नियन्त्रणमा लिन विशेष सुरक्षा उपाय अपनाएको छ।नेपालीहरूको अवैध क्रियाकलापलाई लिएर कतार सरकारले नेपाली दूतावाससँग चासो पनि राख्दै आइरहेको छ।

कतारले इदको उपलक्ष्यमा श्रमिकलाई तीन दिनको बिदा दिएको छ। दूतावासद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘बिदा मनाउने क्रममा कतारको धर्म, संस्कृति, परम्परा र मान्यता विपरित हुने कुनै पनि कार्य नगर्नुहुनका साथै निषेधित खाद्य तथा पेय पदार्थको बेचबिखन गर्ने तथा सार्वजानिक स्थलहरुमा उपभोग गरी अनावश्यक जमघट गर्ने कार्य नगर्नु नगराउनु हुन सबैमा अनुरोध छ ।

217944201_4620286288000602_9051801438351328178_n

प्रतिक्रिया दिनुहोस

विपन्न दलित समुदायको ...

लहान कात्तिक २। यहाँको लहान नगरपालिका–१५ स्थित लंग्राहा मुसहरी टोलका शिवशंकर सदायका बाबुआ ...

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१