Siraha Times
ताजा समाचार

कतारमा नेपालीलाई ईदमा निषेधित पेय पदार्थको उपभोग तथा विक्री वितरण नगर्न दूतावासको आग्रह

  • साउन २, २०७८
  • ५८० पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम दोहा। इस्लामहरूको महान पर्व ईद–अल–अदा संयमित भएर मनाउन नेपाली समूदायलाई कतारस्थित नेपाली दूतावासले आग्रह गरेको छ।

कतारमा कार्यरत नेपाली कामदारलाई ईद इस्लाम धर्मावलम्बीको पवित्र चाड भएको स्मरण गराउँदै दूतावासले यहाँको धर्म, संस्कृति, परम्परा र मान्यताविपरित कुनै पनि कार्य नगर्न आग्रह गरेको हो।दूतावासले विशेषत जाँडरक्सी जस्ता निषेधित पेय पदार्थतर्फ लक्षित गर्दै यसको बेचबिखन र सार्वजनिक स्थलमा उपभोग गर्न–नगराउन अनुरोध गरेको छ।

पछिल्लो समय कतारमा केही नेपालीहरू जाँडरक्सी जस्ता निषेधित पदार्थको अवैध उत्पादन तथा विक्री वितरणमा संलग्न हुँदा सबै नेपाली बदनाम हुँदै आएका छन्। अवैध रुपमा नेपालीले जाँडरक्सी उत्पादन तथा विक्री वितरण गरेको कुरा बाहिरिन थालेपछि कतार सरकारले निकै ठूलो चासो राख्दै आएको छ।

कतारले आउँदो वर्ष विश्वकप फुटबलको आयोजना गर्दैछ। त्यसैले सरकारले सुरक्षा संवेदनालाई मध्यनजर राख्दै अवैध जाँडरक्सी उत्पादन तथा विक्री वितरणलाई नियन्त्रणमा लिन विशेष सुरक्षा उपाय अपनाएको छ।नेपालीहरूको अवैध क्रियाकलापलाई लिएर कतार सरकारले नेपाली दूतावाससँग चासो पनि राख्दै आइरहेको छ।

कतारले इदको उपलक्ष्यमा श्रमिकलाई तीन दिनको बिदा दिएको छ। दूतावासद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘बिदा मनाउने क्रममा कतारको धर्म, संस्कृति, परम्परा र मान्यता विपरित हुने कुनै पनि कार्य नगर्नुहुनका साथै निषेधित खाद्य तथा पेय पदार्थको बेचबिखन गर्ने तथा सार्वजानिक स्थलहरुमा उपभोग गरी अनावश्यक जमघट गर्ने कार्य नगर्नु नगराउनु हुन सबैमा अनुरोध छ ।

217944201_4620286288000602_9051801438351328178_n

प्रतिक्रिया दिनुहोस

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

एम्बुलेन्समै १०५ किल ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१