Siraha Times
ताजा समाचार

फिफा विश्वकपले मानवअधिकार र खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने कतारको दावी

  • असार २६, २०७८
  • ५८९ पटक पढिएको
  • रामएकवाल राम
alt

दोहा। कतारले विश्वकप आयोजनाको अवसरलाई मानवअधिकार र खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान हुने बताउँदै यसले आपसी समझदारी, शान्ति, स्थायित्व र समृद्धि अभिवृद्धि गर्ने अवसरको रुपमा प्रयोग गर्ने जनाएको छ।

जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४७ औं सत्रमा खेलकुदमार्फत मानवअधिकार अभिवृद्धि गर्ने सम्बन्धमा कतारका स्थायी मिसनका प्रथम सचिव अब्दुल्लाह हमाद अल–नुएइमीले यो कुरा बताएका हुन्।

नुएइमीले सम्बोधनको क्रममा कतारले विश्वकप २०२२ र अन्य ठूला खेल प्रतियोगिता आयोजनाको तयारी गर्ने सन्दर्भमा मानव अधिकार र सबै श्रमिकको लागि काम गर्ने आधारभूत अधिकारको ग्यारेन्टी गर्न धेरै कानुन पास गरेको बताएका थिए।

यी कदमले विशेषगरी अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) र स्वतन्त्र ट्रेड युनियनको अन्तर्राष्ट्रिय कन्फेडेरेसनबाट व्यापक अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको समेत उनले बताए।

त्यस्तै, विश्वका विभिन्न स्थानमा ठूला खेलकुद प्रतियोगिता आयोजना गर्दा आर्थिक विकास र समानताको आधारमा सबैको सम्मान र सामाजिक एकता जस्ता मूल्य मान्यताको आधारमा जागरुकता ल्याउन प्रभावकारी हुने कुरा विगतको अनुभवले सिकाएको चर्चा गरिएको थियो।

अल–नुएइमीले कतारले अन्तर्राष्ट्रिय खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए। त्यसैगरी, २०२२ मा कतारमा हुन गइरहेको विश्वकप यो क्षेत्रकै पहिलो ठूलो खेलकुद हुने समेत बताए।

उनले २०१९ मा कतारले वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिप र अन्य प्रमुख अन्तर्राष्ट्रिय खेलकुद आयोजना गरेको स्मरण गराउँदै २०३२ मा हुने ओलम्पिक र पारा ओलम्पिकको आयोजना गर्न समेत कतार इच्छुक रहेको धारणा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

पोषण सुधारका लागि आम ...

ओम प्रकाश यादव लहान, साउन ११। दलित विकास मञ्च (DDF) सिरहाद्वारा सञ्चालित तथा हेलेन केलर इन्टरनेशनलको ...

भ्रष्टाचारको मामिलाम ...

रंजित चौरसिया,वीरगंज ११ साउन । भ्रष्टाचार र राजस्व छलीका आरोप लागेर श्रम तथा यातायात मन्त्रालय मधेश ...

मोटरसाइकल चालकलाई ट् ...

ओम प्रकाश यादव लहान, साउन ९ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका सम्पूर्ण प्रहरी युनिटहरूमा मोटरसाइक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१