मिर्चैया : कृषि क्षेत्रमा विकासका लागि कृषिमन्त्रि साहलाई ज्ञापनपत्र

  • जेठ ३१, २०७५
  • ९१३ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, ३० जेष्ठ । प्रदेश नं. २ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रि शैलेन्द्र प्रसाद साहलाई सिरहाको मिर्चैयामा कृषि क्षेत्रमा बिकासका लागि ज्ञापन पत्र बुझाईएको छ । मिर्चैया नगरपालिका बडा नं. ३ मा मंगलबार आयोजित कृषक भेटघाट कार्यक्रममा किसानहरुको समस्याको उजागर गर्दै १५ बुँदे ज्ञापन पत्र बुझाईएको हो । सिरहा क्षेत्र नंं ४ को “क” प्रदेश सभालाई लक्षित गरी बुझाईएको ज्ञापनपत्र मार्फत मिर्चैया र कर्जन्हा नगरपालिकाको प्रत्येक वडामा कृषि योग्य जमिनको पहिचान गरी स्टेट वोरीङ्गको व्यवस्था,  मिर्चैया नगरपालिका बडा नं. ५ मा रहेको शान्ति ताललाई स्तरोन्नती गरी पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न, मिर्चैया नगरपालिका क्षेत्रमा वाख्रा पालनलाई प्रोत्साहित गर्न बडा नं. ७ स्थित आरवाई पशुजन्य उत्पादन केन्द्रलाई सुधार तथा गोठ निर्माणका लागी आर्थिक सहयोग उपलव्ध गराउन, मिर्चैया नगरपालिका वडा नं. ६ को दलित वस्तीदेखि मिर्चैया वडा नं. १० जोडने वतहा खोलामा पक्कि÷झोलुङ्गगे पुल निर्माण गर्ने माँग गरिएको छ । 
मिर्चैया र कर्जन्हा नगरपालिकालाई विशेष आँप संरक्षित क्षेत्र अन्र्तगत राखी आँप विकासका लागी आवश्यकत्ता अनुरुप डिजाइनिङ्ग तथा जनशक्ति सहितको प्रशोधन केन्द्र निर्माण गर्न,  मिर्चैया नगरपालिका अन्र्तगत पर्ने जिवा, वतहा र घुर्मिखोलामा तारजालीको व्यवस्था गरी कृषि योग्य जमिनलाई भुक्ष्यवाट जोगाउन प्रयास गर्नुको साथै कर्जन्हा नगरापालिकाको भेडवा खोलामा नदि नियन्त्रणका लागी तार जालीको ब्यस्था गर्न, मिर्चैया नगरपालिका वडा नं. ९ मा रहेको जरुवा खोलामा पक्की÷झोलुङ्गगे पुल निर्माण गर्न, प्रदेश स्तरीय सहकारी संस्था मार्फत सहकारी कोषवाटै युवाहरुलाई उद्यमी निर्माणको साथै आवश्यक ऋण तथा तालीम दिई आत्म निर्भर वनाउन र मिर्चैया नगरपालिकामा प्रदेश स्तरबाट वृद्धाश्रम निर्माण गर्न बिज्ञप्ती मार्फत माँग गरिएको छ । 
प्रदेश सरकारको योजना खेत–खेतमा पानी हात–हातमा रोजगारी कार्यक्रम अगाडी बढिसकेकोले तत्कालै कृषकको समस्या समाधान हुने ज्ञापन पत्र ग्रहण गर्दै मन्त्रि साहले बताए । उनले भने “विकासको काम सम्पुर्ण जनता एकसाथ मिलेर गर्नुस, पार्टी पोलिटिक्स चुनावको बेलामा गर्नुहोला, अनि मात्र विकास सम्भव हुन्छ नत्र विकास सम्भव हुँदैन ।”
संघिय समाजवादी फोरम नेपाल सिरहा क्षेत्र नंं. ४ को “क” प्रदेशका संयोजक विष्णु साहको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय परिषद सदस्य विरेश्वर यादव र युवा नेता अजय यादव लगयतका बक्ताहरुले किसानको समस्याको बारेमा मन्त्रि साहलाई ध्यानाकर्षण गराएका थिए । 

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज तथ ...

वीरगंज, २७ फागुन। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले शैक्षिक सत्र २०८२/०८३ का प्रथम वर्षक ...

लहानमा ग्यास सिलिन्ड ...

लहान, २७ फागुन । २०८२ साल फागुन २४ गते सिरहा जिल्लाको लाहान नगर क्षेत्रमा एक अत्यन्तै निन्दनीय र दुः ...

पोषण बगैंचा कार्यक्र ...

रहमुल, लहान, २७ फागुन । कृषिलाई प्रवर्द्धन गर्दै किसानको आयआर्जन तथा पोषण सुधार गर्ने उद्देश्यले सिर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१