Siraha Times
ताजा समाचार

महन्थ-राजेन्द्र बालुवाटारमा, सरकारमा सहभागी सहभागी हुँदै

  • जेठ १७, २०७८
  • ६६८ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

सरकारमा सहभागी हुने विषयमा छलफलका ठाकुर-महतो बालुवाटार गएको जसपाका एक नेताले बताए । अहिले प्रधानमन्त्री ओली र नेताहरू ठाकुर र महतोबीच छलफल भइरहेको छ ।जसपालाई ८ मन्त्रालय दिने समझदारी यसअघि नै भइसकेको छ । ८ मन्त्री र दुई राज्यमन्त्रीसहित जसपाको ठाकुर पक्ष एमाले नेतृत्वको सरकारमा सहभागी हुने बताइएको छ ।

 सांसद नरहेका सात जनालाई फेरि मन्त्री बनाउन नहुने सर्वोच्च आदेशपछि अहिले सात मन्त्रालय खाली छन् । रक्षा मन्त्रालय पनि प्रधानमन्त्री ओली आफैंले राख्नुभएको छ ।नागरिकता अध्यादेश,मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि महन्थ ठाकुर पक्षले मधेशका माग एमालेले पूरा गरेको भन्दै सत्तामा सहकार्य हुने बताएको छ ।
 
विघटित प्रतिनिधिसभाका ३२ सांसदमध्ये २० जना ठाकुरको पक्षमा रहेको दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१