Siraha Times
ताजा समाचार

अमेरिकाको क्यालिफोर्नियामा रेल कर्मचारीले गोली चलाउँदा ९ को मृत्यु

  • जेठ १३, २०७८
  • १२८४ पटक पढिएको
  • रामएकवाल राम
alt

एजेन्सी, ।अमेरिकाको क्यालिफोर्नियाको स्यान होजेस्थित रेल यार्डका कर्मचारीले गोली चलाउँदा ९ जनाको ज्यान गएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार बुधबार बिहान स्यान होजेस्थित सान्टा क्लारा भ्याली ट्रान्सपोर्ट अथोरिटीका कर्मचारीले अन्धाधुन्ध गोली चलाएका हुन् । मृत्यु हुनेमा त्यहाँका कर्मचारी र गोली हान्ने व्यक्ति पनि रहेका छन् ।

प्रहरीका अनुसार ती कर्मचारीले गोली चलाउनुभन्दा अगाडि आफ्नो घरमा आगोसमेत लगाएका थिए । सीबीएसका अनुसार रेल कर्मचारीको बैठक चलिरहेका बेला गोली चलाइएको हो ।

सीबीएसका अनुसार ती बन्दुकधारीको पहिचान ५७ वर्षीय स्यामुएल कसिडीका रुपमा खुलेको छ । स्थानीय सञ्चारमाध्यमले उनले कर्मचारीहरुमा गोली चलाएपछि आफैलाई गोली हानेर आत्महत्या गरेको बताएका छन् । तर प्रहरी अधिकारीले भने यसको आधिकारिक रुपमा पुष्टि गरेका छैनन् ।

पछिल्लो समय अमेरिकामा गोलीबारीका घटना बढिरहेका छन् । गन भ्वाइलेन्स अर्काइभका अनुसार अमेरिकामा गोलीकाण्डका २३० घटना भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१