Siraha Times
ताजा समाचार

चीनको अनियन्त्रित रकेट मालदिभ्सनजिकै हिन्द महासागरमा खस्यो

  • वैशाख २६, २०७८
  • १३६१ पटक पढिएको
  • रामएकवाल राम
alt

एजेन्सी ।अन्तरिक्षमा अनियन्त्रित बनेको चीनको सबैभन्दा ठूलो रकेट मालदिभ्सनजिकै हिन्द महासागरमा खसेको छ ।

रकेटको धेरैजसो भाग वायुमण्डलमै जलेको स्पेस इन्जिनियरिङलाई उद्धृत गर्दै चिनियाँ मिडियाले उल्लेख गरेका छन् ।अन्तरिक्षमा चासो राख्ने संसारका थुप्रै मानिसले चीनको ‘लन्ग मार्च फाइभ बी’ अन्तरिक्षयानलाई लिएर विभिन्न अनुमान गरिरहेका थिए । चीनले उक्त रकेट गत २९ अप्रिलमा हाइनान द्वीपबाट प्रक्षेपण गरेको थियो ।

अमेरिकी स्पेस कमाण्डले पनि रकेट वायुमण्डलमा प्रवेश गरेको कुरा पुष्टि गरेको छ । यो रकेटका भागहरू पृथ्वीमा झर्ने कुरालाई लिएर चिन्ता थियो । रकेट करिब १८ टन थियो ।दसकौंयता पृथ्वीको वायुमण्डमा अनियन्त्रिभ भई झरेको यो सबैभन्दा ठूलो वस्तु हो ।

प्रतिक्रिया दिनुहोस

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

एम्बुलेन्समै १०५ किल ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१