Siraha Times
ताजा समाचार

नेपाली रक्तदाता सङ्घ कतार द्वारा रक्तदान कार्यक्रम सम्पन्न

  • वैशाख २५, २०७८
  • १४४१ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकबाल राम दोहा कतार ।  नेपाली रक्तदाता सङ्घ कतारको आयोजनामा वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कोरोनाका महामारीका बीच आयोजना भएको "खुल्ला रक्तदान कार्यक्रम" मा कतारमा स्थापित विभिन्न सङ्घ संस्था तथा सामाजिक अभियन्ता सहित १०३ जना सहभागीहरूको उपस्थिति रहेको थियो भने सङ्घका अध्यक्ष तेज कटुवालसहित ६७ जनाले रक्तदान गरेका थिए । 

कतारको सरकारी अस्पताल हमदको रक्त सङ्कलन केन्द्रको परिसरमा नेपाली राजदूतावास कतारका दित्तीय सचिव प्रवीण भट्टराईको बिशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा उपस्थित भट्टराईले रक्तदान पुण्यकाे कार्य भएको र सङ्घको कार्य उदाहरणीय रहेको बताए ।

सङ्घका तर्फबाट भट्टराईलाई मायाको चिनो स्वरूप भित्ते पात्रो प्रदान गरिएको थियो भने अस्पतालका तर्फबाट सबै रक्तदाताहरूलाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।

विषम परिस्थितिमा उल्लेख्य उपस्थित जनाउनु हुने तथा दाताहरूलाई सङ्घको तर्फबाट अध्यक्ष कटुवालले धन्यवाद तथा आभार प्रकट गरेका थिए भने उक्त । कार्यक्रम बिहान ८ बजेबाट मध्यान्हसम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

एम्बुलेन्समै १०५ किल ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१