नेपाली रक्तदाता सङ्घ कतार द्वारा रक्तदान कार्यक्रम सम्पन्न

  • वैशाख २५, २०७८
  • १२३० पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकबाल राम दोहा कतार ।  नेपाली रक्तदाता सङ्घ कतारको आयोजनामा वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कोरोनाका महामारीका बीच आयोजना भएको "खुल्ला रक्तदान कार्यक्रम" मा कतारमा स्थापित विभिन्न सङ्घ संस्था तथा सामाजिक अभियन्ता सहित १०३ जना सहभागीहरूको उपस्थिति रहेको थियो भने सङ्घका अध्यक्ष तेज कटुवालसहित ६७ जनाले रक्तदान गरेका थिए । 

कतारको सरकारी अस्पताल हमदको रक्त सङ्कलन केन्द्रको परिसरमा नेपाली राजदूतावास कतारका दित्तीय सचिव प्रवीण भट्टराईको बिशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा उपस्थित भट्टराईले रक्तदान पुण्यकाे कार्य भएको र सङ्घको कार्य उदाहरणीय रहेको बताए ।

सङ्घका तर्फबाट भट्टराईलाई मायाको चिनो स्वरूप भित्ते पात्रो प्रदान गरिएको थियो भने अस्पतालका तर्फबाट सबै रक्तदाताहरूलाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।

विषम परिस्थितिमा उल्लेख्य उपस्थित जनाउनु हुने तथा दाताहरूलाई सङ्घको तर्फबाट अध्यक्ष कटुवालले धन्यवाद तथा आभार प्रकट गरेका थिए भने उक्त । कार्यक्रम बिहान ८ बजेबाट मध्यान्हसम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस

विपन्न दलित समुदायको ...

लहान कात्तिक २। यहाँको लहान नगरपालिका–१५ स्थित लंग्राहा मुसहरी टोलका शिवशंकर सदायका बाबुआ ...

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१