Siraha Times
ताजा समाचार

अफगानिस्तानमा कार बम बिस्फोट हुँदा ३० को मृत्यु ९० भन्दाबढी घाइते

  • वैशाख १८, २०७८
  • १४०० पटक पढिएको
  • रामएकवाल राम
alt

एजेन्सी । अफगानिस्तानको लोगार प्रान्तको एक गेस्ट हाउसमा कार बम बिस्फोट हुँदा ३० जनाको ज्यान गएको छ ।

लोगार प्रान्तको राजधानी पुल–ए–आलम स्थित विद्यार्थीहरु बसेकोे गेस्ट हाउस नजिकै कार बम बिस्फोट हुँदा ३० जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

मृत्यु हुनेमा केही हाइस्कूलका विद्यार्थी रहेको बताइएको छ । बिस्फोटमा ९० जना भन्दा धेरै घाइते भएका छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

इस्लामिकहरुको पवित्र महिना रमादान चलिरहेका बेला बिस्फोट भएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो सेप्टेम्बर ११ सम्ममा आफ्ना सैनिक फिर्ता बोलाउने घोषणा गरेसँगै अफगानिस्तानमा हिंसाका घटनाहरु बढेका छन् ।

प्रतिक्रिया दिनुहोस

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

एम्बुलेन्समै १०५ किल ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१