Siraha Times
ताजा समाचार

नयाँ वर्षको २०७८ को शुभकामना सहित अप्रिल १४ मा दूतावास बन्द रहने

  • चैत ३१, २०७७
  • ७८३ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम दोहा( कतार)नयाँ वर्ष २०७८ को शुभकामना सहित उक्त दिन अर्थात् अप्रिल १४ तारीखका दिन दोहा स्थित नेपाली दूतावास बन्द रहने दूतावासले जनाएको छ।

नेपाली नयाँ वर्ष २०७८ को सु-अवसरमा कतारमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा नेपाली राजदूतावास परिवार दोहाको तर्फबाट सुख, शान्ति, सुस्वास्थ्य तथा समृध्दिको लागि हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेका छन।

साथै, यस अवसरमा कतारमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा हाल बढिरहेको कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि कतार सरकारले ७ अप्रिल २०२१ मा घोषणा गरेको सुरक्षा तथा स्वास्थ्य प्रोटोकललाई सम्पूर्ण रुपमा पालन गर्न र गराउन समेत अनुरोध गरेका छन।

नयाँ वर्षको अवसरमा २०७८ साल वैशाख १ गते बुधबार तदनुसार १४ अप्रिल २०२१ का दिन कार्यालय बन्द रहने र २०७८ साल वैशाख २ गते बिहिबार तदनुसार १५ अप्रिल २०२१ का दिन राजदूतावास पूर्ववतरुपमा खुला रहने राजदुत डा.नारदनाथ भारद्वाजले जनाएको हो।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१