अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

  • चैत २२, २०७७
  • ९०६ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौँ बलिउड अभिनेता अक्षय कुमार कोरोना संक्रमित भएका छन् । उनले यो जानकारी आफ्नो ट्वीटमार्फत दिएका हुन् ।

उनले आफूले सबै नियमको पालना गर्दै आफूलाई आइसोलेट गरेको बताएका छन् । साथै आफू अहिले होम क्वारेन्टिनमा रही आवश्यक औषधी लिइरहेको बताएका छन् ।उनले पछिल्ला दिनमा आफूसँग सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन अनुरोध गरेका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘म सबैलाई यो सूचना दिन चाहन्छु कि आज बिहान मेरो कोभिड रिपोर्ट आएको छ जसमा म कोभिड पोजेटिभ पाइएको छु ।

सबै नियमको पालना गर्दै मैले आफूलाई आइसोलेट गरेको छु र म होम क्वारेन्टिनमा छु र आवश्यक औषधी लिइरहेको छु । पछिल्ला दिन मसँग जो सम्पर्कमा आउनुभएको छ, म उहाँहरु सबैलाई यो अनुरोध गर्न चाहन्छु कि तपाईंहरुले पनि आफ्नो कोभिड परीक्षण गराउनुहोस् र आफ्नो ख्याल राख्नुहोस् । म चाँडै नै एक्सनमा फर्कनेछु ।’

प्रतिक्रिया दिनुहोस

सिरहामा लागुऔषधसहित ...

ओम प्रकाश यादव लहान, ४ कार्तिक । सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित पेट्रोल पम्प नजिक लागु ...

विपन्न दलित समुदायको ...

लहान कात्तिक २। यहाँको लहान नगरपालिका–१५ स्थित लंग्राहा मुसहरी टोलका शिवशंकर सदायका बाबुआ ...

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१