Siraha Times
ताजा समाचार

बङ्लादेशमा देशव्यापी लकडाउनको घोषणा

  • चैत २१, २०७७
  • ८६१ पटक पढिएको
  • रामएकवाल राम
alt

 एजेन्सी  -  बढ्दै गएको कोरोना भाइरस महामारीलाई नियन्त्रण गर्न बङ्लादेशले एक हफ्ताका लागि देशव्यापी लकडाउन घोषणा गरेको छ ।बङ्लादेश सरकारले सोमबारदेखि एक साताका लागि लकडाउन गरेको सडक मन्त्री ओबैदुल क्वाडरले एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिँदै बताएका छन् ।

क्वाडरले देशभरका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय र विद्यालय गरिने भएपनि उद्योग भने सञ्चालन गर्न अनुमति दिइएको बताए ।उद्योग बन्द गरे कर्मचारी र कामदारहरु घर फिर्ता जानसक्ने र त्यसले कोरोना सङ्क्रमण फैलन सक्ने हुँदा उद्योग बन्द नगरिएको उनको तर्क छ ।

पछिल्लो २४ घण्टामा बंगलादेशमा ६ हजार ८ सय ३० जना नयाँ कोरोना सङ्क्रमित भेटिएका छन् भने ५० जनाभन्दा बढीले आफ्नो ज्यान गुमाएका छन् । हालसम्म बंगलादेशमा ६ लाख २४ हजार ५ सय ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ९ हजार १ सय ५५ जनाले अहिलेसम्म आफ्नो ज्यान गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

पोषण सुधारका लागि आम ...

ओम प्रकाश यादव लहान, साउन ११। दलित विकास मञ्च (DDF) सिरहाद्वारा सञ्चालित तथा हेलेन केलर इन्टरनेशनलको ...

भ्रष्टाचारको मामिलाम ...

रंजित चौरसिया,वीरगंज ११ साउन । भ्रष्टाचार र राजस्व छलीका आरोप लागेर श्रम तथा यातायात मन्त्रालय मधेश ...

मोटरसाइकल चालकलाई ट् ...

ओम प्रकाश यादव लहान, साउन ९ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका सम्पूर्ण प्रहरी युनिटहरूमा मोटरसाइक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१