Siraha Times
ताजा समाचार

शनिबार पनि म्यानमारमा पाँच प्रदर्शनकारी मारिए

  • चैत २१, २०७७
  • ८५६ पटक पढिएको
  • रामएकवाल राम
alt

 एजेन्सी ।म्यानमारमा शनिबार पनि पाँच प्रदर्शनकारी मारिएका छन् ।प्रजातन्त्रको पक्षमा प्रदर्शनमा उत्रिएकामाथि सैनिक सत्ताले बल प्रयोग गर्दा उनीहरुको ज्यान गएको हो। शनिबार भएको प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागेर पाँचजनाको ज्यान गएको छ।

मोनीवा शहरमा तीनजना तथा बागो र थातोनमा एक–एक जनाको ज्यान गएको म्यानमारनाव न्यूजलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।गएको फेब्रुअरी १ मा निर्वाचित सत्ता हत्याएर शक्ति हातमा लिएपछि लगातार विरोध प्रदर्शन हुँदै आएको छ।सैनिक कू को विपक्षमा भएका प्रदर्शनमा सुरक्षाकर्मीको बल प्रयोगका कारण ५५० जना भन्दा बढिको ज्यान गइसकेको छ।तर प्रदर्शन लगातार जारी छ र सुरक्षा फौजको बल प्रयोग पनि उस्तै रहेको छ।

प्रतिक्रिया दिनुहोस

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

एम्बुलेन्समै १०५ किल ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१