Siraha Times
ताजा समाचार

आज ‘अप्रिल फुल’ ! होशियार कतै मुर्ख बन्नुहोला

  • चैत १९, २०७७
  • ११२३ पटक पढिएको
  • रामएकवाल राम
alt

विराटनगर । आज अप्रिल फुल अर्थात अप्रिल महिनाको १ तारिख । पश्चिमा देशहरुमा आजको दिनलाई झुक्याउने दिनको रुपमा लिइन्छ । ती देशमा अरुलाई मूर्ख बनाएर मजाकको पात्र बनाउँदै आजको दिनमा रमाइलो गर्ने गरिन्छ ।
पछिल्लो केही वर्ष यता नेपालमा पनि यसको प्रभाब देखिन थालेको छ । नेपालमा पनि एक अर्कालाई झुक्याएर ‘अप्रिल फुल’ मनाउने गरिन्छ । कतै आज तपाई पनि मुर्ख बन्दै हुनुहुन्न, सचेत रहनु होला । झुक्याएर अरुलाई मुर्ख बनाउँदै रमाइलो गरेर मनाउने यो चलनलाई कतिले सहज रुपमा लिने गरेका छन् तर कतिले भने विकृतिको नमूना भन्दै आलोचना पनि गर्ने गरेका छन् ।
कसरी मनाउन थालियो ‘अप्रिल फुल’ ?
अप्रिल फूल किन र कहिलदेखि मनाउन थालियो भन्ने भरपर्दो तथ्यांक उपलब्ध नभए पनि मध्यकालमा यूरोपका धेरै शहरहरूमा मार्च २५ देखि अप्रिल १ सम्मलाई नयाँ वर्षको रुपमा मनाउने गर्थे । तर जनवरी १ लाई नयाँ वर्षको पहिलो दिन मान्थेहरु पनि उत्तिकै थिए । जनवरी १ लाई नयाँ बर्ष मनाउनेले अप्रिल १ मा नयाँ वर्ष मनाउनेहरूलाई मुर्ख बनाउन थाले । १६ हौँ शताव्दीको मध्य तिरै जनवरी १ लाई नयाँ वर्षको पहिलो दिन मान्न थालिएको भन्ने भनाई रहेको छ । तर युरोपका अन्य धेरै शहरहरूमा त्यसबेला सम्म पनि अप्रिललाई वर्षको पहिलो महिना वा अर्थात नयाँ वर्षकै रूपमा मान्ने गरिन्थ्यो ।
त्यस्तै सन् १५८२ मा पोप चार्स नवौंले पुरानो क्यालेन्डरको स्थानमा नयाँ रोमन क्यालेन्डरको लागू गरेपछि ‘अप्रिल फुल’ को शुरुवात भएको भन्ने भनाई रहेको छ । शुरुमा नयाँ सालको रुपमा अप्रिल १ लाई लिने गरिन्थ्यो । तर सन् १५८२ मा यसलाई बदलेर नयाँ वर्षको पहिलो दिनका रुपमा १ जनवरीलाई कायम गरिएको थियो ।
अहिले पनि विभिन्न पश्चिमी देशमा आफ्ना मित्रहरूलाई विभिन्न शैलीमा झुक्याउन सकियो भने आफूलाई महानता भएको ठान्ने प्रचलन आजसम्म पनि रहेको पाइन्छ । कसैको काम विगार्ने शैलीमा होइन कि रमाइलो र ठट्टाका रुपमा यस्तो कार्य गर्ने प्रचलन झन् बढ्दो रूपमा भइरहेको पाइन्छ । स्कटल्यान्डमा अप्रिलको पहिलो तारिखलाई ठग दिवसको रूपमा मनाइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१