Siraha Times
ताजा समाचार

राज्यमन्त्री मण्डल दिल्ली प्रस्थान

  • चैत ७, २०७७
  • १२६६ पटक पढिएको
  • संजय महरा
alt

सिरहा, चैत्र ७ गते
जनता समाजवादी पार्टी नेपाल निकट मानिने राष्ट्रिय विद्यार्थी संघको अधिबेशन उद्घाटन गर्न प्रदेश नं २ को उद्योग,पर्यटन बन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डल आज दिल्ली प्रस्थान गरेका छन्।
लक्ष्मीनगर स्थित टपर्स हलमा भोली भारतिय समय एक बजे कार्यक्रम शुरुवात हुने आयोजक संस्था राष्ट्रिय विद्यार्थी संघको भारत अध्यक्ष धिरज कुशवाहाले जानकारी दिए। कार्यक्रमबाट नयाँ नेतृत्व चयन, नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सम्मान कार्यक्रम साथै तराई मधेशको साँस्कृतिक झल्काउने बिभिन्न खालको साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ। सो कार्यक्रममा भारतीय जनता पार्टीका बिदेश बिभाग प्रमुख विजय चाैथियाबाला नेपालबाट राष्ट्रिय विद्यार्थी संघको केन्द्रीय अध्यक्ष मनिष मिश्रको समेत सहभागिता रहने आयोजकले जानकारी दिएको छ।

त्यस्तै राज्यमन्त्री मण्डलको एक हप्ते बसाईमा दिल्ली स्थित पूर्व समाजवादी पार्टी र पूर्व राष्ट्रिय जनता पार्टी नेपालको समेत समायोजन हुने जनाइएको छ। साथै जनता समाजवादी पार्टी नेपाल को केन्द्रीय कार्य समिति सदस्य तथा प्रदेश नं २ को उद्योग पर्यटन बन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डल सत्तारुढ भारतीय जनता पार्टीका बरिष्ठ नेतागणसंग राज्यमन्त्री मण्डलको महत्वपूर्ण भेटघाट कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

एम्बुलेन्समै १०५ किल ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१