Siraha Times
ताजा समाचार

आज भारतबाट थप १० लाख डोज कोरोनाको खोप आउदै, २३ गतेबाट लगाईने

  • फागुन ९, २०७७
  • ७०४ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं : सरकारले खरिद गरेको 'कोभिसिल्ड' खोपको पहिलो खेप आइतबार ल्याइँदैछ। सेरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख डोज खरिद गर्ने सहमतिअनुसार पहिलो चरणको १० लाख डोज (मात्रा) खोप ल्याउन लागिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले १० लाख डोज (मात्रा) को पहिलो खेप ल्याउन लागिएको बताए। दिल्लीबाट एयर इण्डियाको जहाजबाट उक्त खोप ल्याउन लागिएको हो।

खोप ल्याएपछि टेकुमा रहेको भण्डारण स्थलमा राखिनेछ । त्यसपछि फागुन २३ देखि कोभिड खोप अभियानअन्तर्गत जिल्ला स्वास्थ्य कार्यालयमार्फत वितरण हुनेछ । यसअघि भारत सरकारले १० लाख डोज कोभिडसिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो। उक्त खोप माघ १४ गतेबाट लगाउन थालिएको हो। सरकारले अहिले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपङ्क्तिमा काम गरिरहेका कर्मचारीलाई खोप दिइरहेको छ। 

यसैगरी चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ। चीनले ‘भेरोसिल’ नामक खोप उपलब्ध गराउने भनेको छ। उक्त खोप औषधि व्यवस्था विभागले समेत सूचिकृत गरिसकेको छ। 

प्रतिक्रिया दिनुहोस

रसुवा–नुवाकोट बाढीपी ...

आशिक हुसैन शेख दोहा, कतार । रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगक ...

ब्राउन सुगर जस्तो दे ...

ओम प्रकाश यादव लहान भदौ २५ । सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रोनबाट लागूऔषध ब्राउन सुगर जस्त ...

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१