Siraha Times
ताजा समाचार

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आजदेखि काठमाडौंमा शुरु

  • फागुन ५, २०७७
  • ८०४ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं- नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आजदेखि काठमाडौंमा शुरु हुदैछ । ‘प्रेस स्वतन्त्रताको आधारः सुरक्षित र व्यवसायीक पत्रकार’ भन्ने नाराका साथ शुरु हुने महाधिवेसनको राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको महासंघका सचिव लक्ष्मी पुनले जानकारी दिइन्। महाधिवेशनमा जिल्ला, एसोसियट, प्रतिष्ठान शाखा तथा विभिन्न १० प्रदेश कमिटीका पदाधिकारी सहभागी हुनेछन्।

 आज र भोलि दुई दिन चल्ने महाधिवेसनमा विभिन्न प्रतिवेदनहरु पेश गरी पारित गरिनेछ। महासंघको नयाँ नेतृत्व चयनका लागि भने चैतमा चुनाव हुनेछ। यो पटकदेखि महासंघले प्रत्यक्ष निर्वाचन प्रणलीबाट नेतृत्व चयन गर्नेछ। केन्द्र र विभिन्न तहमा एकैदिन चुनाव हुनेछ।निर्वाचनमा देशभरका सबै साधारण सदस्यले आफ्नो शाखाबाट मतदान गर्न पाउनेछन्। देश संघीयतामा गएसँगै महासंघले विधान संशोधन गराई प्रदेश संरचना कार्यान्वयनमा ल्याएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

रसुवा–नुवाकोट बाढीपी ...

आशिक हुसैन शेख दोहा, कतार । रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगक ...

ब्राउन सुगर जस्तो दे ...

ओम प्रकाश यादव लहान भदौ २५ । सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रोनबाट लागूऔषध ब्राउन सुगर जस्त ...

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१