नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आजदेखि काठमाडौंमा शुरु

  • फागुन ५, २०७७
  • ६७८ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं- नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आजदेखि काठमाडौंमा शुरु हुदैछ । ‘प्रेस स्वतन्त्रताको आधारः सुरक्षित र व्यवसायीक पत्रकार’ भन्ने नाराका साथ शुरु हुने महाधिवेसनको राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको महासंघका सचिव लक्ष्मी पुनले जानकारी दिइन्। महाधिवेशनमा जिल्ला, एसोसियट, प्रतिष्ठान शाखा तथा विभिन्न १० प्रदेश कमिटीका पदाधिकारी सहभागी हुनेछन्।

 आज र भोलि दुई दिन चल्ने महाधिवेसनमा विभिन्न प्रतिवेदनहरु पेश गरी पारित गरिनेछ। महासंघको नयाँ नेतृत्व चयनका लागि भने चैतमा चुनाव हुनेछ। यो पटकदेखि महासंघले प्रत्यक्ष निर्वाचन प्रणलीबाट नेतृत्व चयन गर्नेछ। केन्द्र र विभिन्न तहमा एकैदिन चुनाव हुनेछ।निर्वाचनमा देशभरका सबै साधारण सदस्यले आफ्नो शाखाबाट मतदान गर्न पाउनेछन्। देश संघीयतामा गएसँगै महासंघले विधान संशोधन गराई प्रदेश संरचना कार्यान्वयनमा ल्याएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

लहान–२१ मा जसपा नेपा ...

लहान माघ ३ ।सिरहा जिल्लाको लहान नगरपालिका–२१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा समिति ...

लहान मेयर कप प्रदेश ...

लहान माघ ३। नेपाल कराते महासंघद्वारा आयोजित लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ ...

खेलकुदमार्फत एकता र ...

रहमुल, लहान,३ माघ । स्वास्थ्यका लागि खेलकुद, सद्भावका लागि एकता भन्ने मूल नारालाई आत्मसात गर्दै &ldq ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१