मधेसी दलितलाई नबुझेको काठमाण्डौं

  • असोज १, २०७७
  • १२०४ पटक पढिएको
  • संजय महरा
alt

संजय महरा
गणतन्त्र नेपाल स्थापनाको निम्ती परिवर्तित तथा लोकतान्त्रिक हरेक आन्दोलनमा मधेसी दलितको अहम् भुमिका रहेको ईतिहास संसारलाई थाहा छ । हरेक परिवर्तीत आन्दोलमा मधेसीदलितको सहभागिता विना सफलता नपाएको देखीन्छ । २००४ सालको राणा साशन काल २००७ साल,२०३६ साल, २०४६ साल २०५२ सालको जनयुद्ध र ०६२÷०६३ सालको जनआन्दोलन, मधेश आन्दोलनमा मधेसीदलितहरुको अहम् भुमिकामा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाको भएको हो । तर मधेसी दलितहरुको गणतन्त्र नेपाल घोषणाको क्षणमा खुसिको कुनै सिमा थिएनन् । एकात्मक शासन प्रणालि राज्यको अन्तभर्ई समावेसि र समानुपातिक राज्यको अवधारणामा मधेसीदलितहरु आत्म सम्मानपूर्वक र विभेदरहीत समाजमा मानवभई बाँच्ने अभिलाषा तथा अभिप्रायको सपना बुनेको मधेसी दलितको सपनामाथि तुषारात परेको छ ।
काठमाण्र्डौबाट सत्तासंचालन गरिरहेकोे दील र दिमाकमा मधेसी दलितहरु अधिकार सम्मपन्न होस भन्ने सोचमा परिवर्तन आएनन् । काठमाण्डौ नेपालको केन्द्रबिन्दु रहेपनि सवैको काठमाण्डौंहुन सकीरहेको छैन झन मधेसी दलितको तेश्रो दर्जाको नागरिककोरुपमा विभेदको सिकार मधेसी भएको हो । राज्य संचालनमा मुठ्ठिभरका सामान्त जातिय विशेष ब्राहमणवादबाट माथि उठन नसेकोले मधेसीदलितको देश नेपाल हो तर राज्यको भाननभएको छैन । मधेसीदलितको पसिना र करबाट राज्य संचानलन भईरहेको काठमाण्डौंले ठूलो क्षतिव्यहोर्नु पर्ने छ ।
देशमा शासन व्यवस्थाा परिवर्तन भएपनि काठामाण्डौमा बस्नेहरुको मधेसी दलित प्रतिको दृष्टिकोणमा परिवर्तन आएका् छैनन । एकात्मक शासनसत्ताको अन्तभएपनि संघिय प्रणालिमा देशगईसकेको अवस्थामापनि मधेसीदलित प्रतिको हेराई र व्यवहार सोच चिन्तनमा कुनैफेरवदल भएको छैनन । मधेसीदलितलाई गुलाम तथा दासकोरुपमा सधै हेला गरिरहेको छ ।
राज्यसत्ताको विभेदकारि निति र मधेसीदलितको चौतर्फि विकास हुनुपथ्र्यो त्योसम्म पनि हुन गणतन्त्रमा भएको छैन । नेपालको कुल जनसंख्यको करिव ४.५ प्रतिशत छन मधेशि दलितहरु १२ लाख ४३ हजार ४४६ रहेको छ । मधेसी दलितको गैरनागरिक सरह व्यवहार राज्यद्धारा भोग्दै आइरेको ईतिहास रहेको छ तर संघितामा राज्यको हरेक निकायमा सम्मानजनक उपस्थिती हुनुपर्थियो । राजनैतिक पार्टीको भातृसंगठनमा मधेसी दलितको नेतृत्वमा शून्यता छन र संघिय संसदमा पनि एक जनापनि संघिय सांसद मधेसीदलित छैनन । राष्ट्रिय दलित आयोग स्थापना भएदेखी अहिले सम्म मधेसी दलितहरु अध्यक्ष बन्न दिएको छैनन । संघियतामा देश गईसकेको अवस्थामा तिन तहका सरकार गठन भईसकेको हो । संघिय सरकारमा एकजनापनि क्याविनेट मन्त्रि र राज्यमन्त्री समेत छैनन ।
सातवटै प्रदेशमा ६ वटा प्रदेशमा ने.क.पा.को सरकार छन भने १ वटा प्रदेश नंः २ मा पूर्व रा.ज.पा. र सघिंय जनता पार्टी हाल जनता समाजवादी पार्टी नेपालको सरकारबनिसकेको अवस्था छ ।प्रदेश नम्बर दुईमा कुल जनसंख्याको १७.२९ प्रतिशत मधेसी दलितको जनसंख्या रहेको छ । सातवटै प्रदेशमा सरकारमा मधेशिदलितको मन्त्रि तथा राज्य मन्त्रिमा समेत शून्यता रहेको छ । नेपालको कुल जनसंख्यामा दलितको कुल जनसंख्या ३५ लााख ५३ हजार ६८ (१३.४) प्रतिशत छ । जसमध्ये पहाडि दलित २३ लाख ९ हजार ६२२ (६५ प्रतिशत) र मधेशि दलितहरु १२ लाख ४३ हजार ४४६ (३५ प्रतिशत ) छन । प्रदेश नंः २ दुईको कुल जनसंख्यामा ८ लााख ८४ हजार २१३ मा महिला४ लाख ४० हजार ९६५ छ । प्रदेश नम्बर दूईको कुल जनसंख्याको १७.२९ प्रतिशत मधेशि दलितको जनसंख्या रहेको छ ।
७५३ स्थानिय तहबाट ३५ हजार ४१ जना जनप्रतिनिधि चुनिएका छन दलितहरु ७ हजार ७३७ (२२ प्रतिशत) जना चुनिएका छन । जसमा मधेशि दलित महिला १ हजार ८५३ ( २४ प्रतिशत) र पहाडि दलित ५ हजार ८८४ (७६ प्रतिशत) रहेको छ । प्रदेश नम्बर २ मा १३६ स्थानिय पालिकामा प्रमुख÷अध्यक्ष पद मध्ये दलित समुदायको तर्फबाट २ जना नगर प्रमुख (१.४ प्रतिशत छन । दलित समुदायबाट ५ जना उप्रमुख ÷उपाध्यक्षमा (३.७ प्रतिशत छन । १२ सय ७१ जना वडा अध्यक्ष मध्ये १७ जना (१.३ प्रतिशत) मात्र प्रतिनिधि छन । संघिय सभामा १ जना (१.७ प्रतिशत) र प्रदेश नम्बर दुई मा ७ जना (६.५ प्रतिशत) मात्र छन ।
मधेसी दलित समुदायका १५ जनाको हत्या भएको, दुई दर्जनभन्दा बढी ठाउँमा सांघातिक हमला भएको छ । मधेसी दलितहरु लाई श्रङ्गृखलावद्ध हत्या, हिंसा, बलात्कार र जातिय छुवाछुतको घटना भईरहको छ । मधेसी दलित समुदाय जातिय छुवाछुत, अमानविय व्यवहार, गैरजिम्म्ोवार प्रहरि प्रशासनद्धारा दलित समुदायमाथि ज्यादतिका घटनहुदै भईरहेको छ । राष्ट्रीय मधेसी दलित आयोग गठन गरि मधेसी दलित समुदायलाई जनसंख्याको आधारमा राज्यको हरेक निकाय शासन, प्रशासन, जल जमिन जङ्गल, र आत्मनिर्भर, स्वभिमानी,आत्मसम्मान, समाजिक न्याँय, मानव अधिकारका प्रत्याभुती, समाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक र शैक्षिक लगायतका समानुपातिक तथा समावेशिकरण सिद्धान्तका अनुसारमा राज्यको हरेक निकायमा समाहित नगराएको खण्डमा र मधेशि दलितलाइ राज्यको मूलप्रवाहमा नपुगेसम्म आवाज बुलन्द गर्नु नितान्त आवश्यक छ ।

लेखक संजय महरा दलित जागरण केन्द नेपाल गोलबजार सिरहाका सचिव हुन् ।

प्रतिक्रिया दिनुहोस

राउ स्मारक अस्पतालमा ...

रहमुल लहान १० जेठ । सिरहाको लहान स्थित रा.उ. स्मारक अस्पतालमा डाक्टरहरूको लापरबाहीका कारण सप्तरी पंस ...

नाम मात्रको भर्ना अभ ...

लहान, जेठ १० । लहान नगरपालिका–१ मा रहेको पशुपति आदर्श माध्यमिक विद्यालयको हालै गरिएको अनुगमनले ...

इलाका प्रहरी कार्याल ...

अजय मिश्र, कृष्णनगर, जेठ १० इलाका प्रहरी कार्यालय कृष्णनगरले पांच लाख भारतीय रकम सहित व्यक्ति प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१