Siraha Times
ताजा समाचार

सप्तरीको समसेरपुरमा समा–चकेवा महोत्सव २०८२ भव्यतापूर्वक सम्पन्न

  • कार्तिक २१, २०८२
  • ८७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव सप्तरी कात्तिक २१ सुरुङ्ग नगरपालिका वडा नं. ८ समसेरपुरमा आयोजना गरिएको समा–चकेवा कार्यक्रम २०८२ वर्ष भव्य र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ। थारु समुदायको सांस्कृतिक एवं धार्मिक परम्परासँग जोडिएको यो पर्व यस वर्ष पनि स्थानीय बासिन्दा, समाजसेवी, जनप्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा उल्लाससहित मनाइएको हो।

कार्यक्रमको अध‌्यक्षता आमा समूह अध्यक्ष रतना देवी चौधरीले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्व युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी हुनुहुन्थ्यो। सोही अवसरमा विशिष्ट अतिथिका रुपमा सुरुङ्ग नगरपालिकाका नगरप्रमुख गीता चौधरी उपस्थित हुनुभएको थियो। त्यस्तै, नगर उपप्रमुख रुद्रबहादुर कार्की, वडा नं. ८ का वडा अध्यक्ष श्याम प्रसाद साह, वडा नं. ७ का वडा अध्यक्ष शिव नारायण चौधरी, सामुदायिक भवनका जग्गादाता सीताराम चौधरी तथा समुजलाल चौधरीलगायतका समुदायका अग्रज व्यक्तिहरू कार्यक्रमका सम्मानित अतिथि रहेका थिए।

सांस्कृतिक पहिरनमा सजिएका महिलाहरूको सक्रिय सहभागिता, थारु समुदायको परम्परागत नृत्य, गीत तथा समा–चकेवा खेल प्रदर्शनले सभास्थल रमाइलो तथा आकर्षक बनेको थियो। कार्यक्रम सञ्चालन चन्द्र भूषण चौधरीले गरेका थिए। उनले स्वागत मन्तव्य र कार्यक्रमको उद्देश्य तथा महत्वबारे प्रकाश पार्दै समा–चकेवा पर्वले समुदायबीच एकता, सौहार्द र सांस्कृतिक जगेर्नामा टेवा पुर्‍याएको बताए।

अतिथिहरूलाई शब्द–पुष्पद्वारा स्वागत तथा सम्मान गर्ने जिम्मेवारी वडा नं. ८ का वडा अध्यक्ष श्याम प्रसाद साहले निर्वाह गरेका थिए। उनले समा–चकेवा जस्ता मौलिक पर्वहरू संरक्षण तथा प्रवर्द्धन गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सांस्कृतिक धरोहर जोगाउन सबैलाई आह्वान गरे।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तेजुलाल चौधरीले थारु समुदायको संस्कृति नेपालको पहिचानसँग जोडिएको बताउँदै यसको निरन्तर संरक्षण अत्यावश्यक भएको विचार व्यक्त गरे। त्यस्तै, नगरप्रमुख गीता चौधरीले नगरपालिका स्तरमा सांस्कृतिक कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गरिने आश्वासन दिइन।

स्थानीय बासिन्दा, महिला समूह, युवाहरूसहित करिब सयौँको उपस्थितिमा सम्पन्न महोत्सवले समसेरपुरको सांस्कृतिक जीवन्तता झल्काएको सहभागीहरूले बताएका छन्। कार्यक्रम विविध सांस्कृतिक प्रस्तुति, सम्मान आदानप्रदान तथा समुह नृत्यसँगै सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१