जनभावना बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न

  • कार्तिक २१, २०८२
  • ३२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान कात्तिक २१। जनभावना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धनगढीमाई नगरपालिका वडा नम्बर १ सिरहाद्वारा आयोजित १३औं वार्षिक साधारणसभा भव्य र सभ्य तरिकाले सम्पन्न भएको छ। स्थानीय स्तरमा बचत, सहकारिता र आर्थिक सशक्तिकरणका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको यस सहकारी संस्थाको वार्षिक साधारणसभा संस्थाका अध्यक्ष भोगेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमको सञ्चालन (उद्घोषणा) शम्भु प्रसाद चौधरीले गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा सञ्जय कुमार महतो उपस्थित रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा वडा नम्बर १ का वडा अध्यक्ष सूर्य नारायण यादव र वडा नम्बर २ का वडा अध्यक्ष मो. हमिद राइन सहभागी हुनु भएको थियो। सोही अवसरमा वडा सदस्यहरू रामदेव साह, पञ्चलाल चौधरी, ज्ञानकुमारी चौधरी, कल्याणी पासमान र रामऔतार महतो अतिथि रूपमा उपस्थित थिए।

साधारणसभामा संस्थाका तर्फबाट विभिन्न प्रतिवेदनहरू प्रस्तुत गरिएको थियो। आर्थिक प्रतिवेदन नारायण यादवले प्रस्तुत गर्नु भएको थियो भने लेखा प्रतिवेदन लक्ष्मी नारायण यादवले र प्रगति प्रतिवेदन नन्दीलाल चौधरीले प्रस्तुत गर्नुभएको थियो। ती प्रतिवेदनहरूमा संस्थाको विगत वर्षको आय–व्यय, बचत र ऋण वितरणको अवस्था, आगामी वर्षका योजना तथा सहकारीका उपलब्धिहरू समेटिएका थिए।

अध्यक्ष यादवले संस्थाको निरन्तर प्रगति र पारदर्शी वित्तीय व्यवस्थापनका लागि सबै सदस्य र सञ्चालकको एकता, सहयोग र प्रतिबद्धताको प्रशंसा गर्नुभयो। उहाँले जनभावना सहकारीले स्थानीय समुदायमा आर्थिक सशक्तीकरण, आत्मनिर्भरता र सामूहिक बचत संस्कृतिको विकासमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो।

कार्यक्रममा प्रमुख अतिथि सञ्जय कुमार महतोले सहकारिता आन्दोलन आर्थिक रूपान्तरणको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै संस्थाले देखाएको समर्पण र प्रगतिको प्रशंसा गर्नुभयो। विशिष्ट अतिथि सूर्य नारायण यादवले पनि सहकारीले गाउँघरमा आर्थिक चेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको भन्दै निरन्तरता र पारदर्शिताको आवश्यक्ता औंल्याउनुभयो।

साधारणसभाको अन्त्यतिर संस्थाले उत्कृष्ट बचतकर्ताहरूलाई सम्मान तथा पुरस्कृत गरेको थियो। कुल १० जना बचतकर्ताहरूलाई  पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा संस्थाका सञ्चालक, सदस्य, स्थानीय प्रतिनिधि तथा आम सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

साधारणसभाको समापन अध्यक्ष भोगेन्द्र यादवले धन्यवाद ज्ञापनका साथ गर्नुभयो। उहाँले संस्थाको आगामी वर्षका कार्यक्रमहरू अझ सशक्त र सदस्यमुखी बनाउन सबैको निरन्तर समर्थन र सुझावको अपेक्षा व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस

राष्ट्रिय राजनीति र ...

लहान, २१ कार्तिक । लामो समयसम्म कम्युनिष्ट धारभित्र रहेर राष्ट्रिय राजनीतिमा सक्रिय भूमिका निर्वाह ग ...

जसपा नेपाल छोडेका सब ...

काठमाडौं २१, कार्तिक । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग ग ...

लहान १ का पतिराम सदा ...

लहान कार्तिक २१ । मनकारी नगर प्रमुखले पुन: एक मृतक परिवारलाइ राहत सहयोग सिरहा जिल्लाको लहान नगरपालिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१