Siraha Times
ताजा समाचार

रसुवा–नुवाकोट बाढीपीडितका लागि कतारका नेपालीद्वारा २७ हजार रियाल सहयोग

  • भदौ २५, २०८३
  • २९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

आशिक हुसैन शेख दोहा, कतार । रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि कतारमा कार्यरत नेपालीहरूले २७ हजार कतारी रियाल आर्थिक सहयोग संकलन गरेका छन्। कतारको बालदिया ५२ क्याम्पमा बसोबास तथा कार्यरत नेपालीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरी नेपालमा आएको प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम नेपाल सरकारको राहत कोषमा पठाएका हुन्।

मोहम्मद जमालुद्दिन खान र सरोज यादवको पहल तथा समन्वयमा संकलन गरिएको २७ हजार कतारी रियाल नेपाली रुपैयाँ करिब ११ लाख १३ हजार ३ सय २७ बराबर रहेको जनाइएको छ। रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीका कारण विभिन्न परिवार प्रभावित भएपछि उनीहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कतारको बालदिया ५२ क्याम्पमा रहेका नेपालीहरूबीच सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो।

रोजगारी तथा विभिन्न पेशाका सिलसिलामा विदेशमा रहे पनि मातृभूमिमा प्राकृतिक विपत्ति आइपर्दा सहयोग गर्नुपर्ने मानवीय भावनाका साथ क्याम्पमा रहेका नेपालीहरू एकजुट भएर अभियानमा सहभागी भएका आयोजकहरूले बताएका छन्। अभियानका संयोजक तथा पहलकर्ताहरूले विदेशमा रहेका नेपालीहरूबीच रहेको आपसी एकता, सहयोग र सामाजिक उत्तरदायित्वको भावना यस अभियानमार्फत पुनः उजागर भएको बताएका छन्। आर्थिक रूपमा सानो वा ठूलोभन्दा पनि विपत्तिको समयमा एकजुट भएर सहयोग गर्ने भावना महत्वपूर्ण रहेको उनीहरूको भनाइ छ।

रकम संकलन तथा राहत अभियानलाई सफल बनाउन विभिन्न नेपालीहरूले साथ, सहयोग तथा समन्वय गरेका थिए। अभियानमा बिमल तिम्सिना, दुर्गा, कौनेन मन्सुर, नाजम खान, दिनेश यादव, विजय यादव, अलाउद्दिन खान, रमेश यादव र युवराज भारतीलगायतले सक्रिय भूमिका निर्वाह गरेका थिए। आयोजकहरूले उल्लेखित व्यक्तिहरू व्यक्तिगत रूपमा आर्थिक सहयोग गर्ने व्यक्तिको सूची नभई बालदिया ५२ क्याम्पमा रहेका नेपालीहरूबाट राहत रकम संकलन गर्ने अभियानमा साथ दिने, सहजीकरण गर्ने तथा समन्वय गर्ने व्यक्तिहरू रहेको स्पष्ट पारेका छन्।

अभियानमा साथ दिने तथा सहयोग गर्ने व्यक्तिहरू मोहम्मद जमालुद्दिन खान,सरोज यादव,बिमल तिम्सिना,दुर्गा,कौनेन मन्सुर,नाजम खान,दिनेश यादव,विजय यादव,अलाउद्दिन खान,रमेश यादव,युवराज भारती संकलित सम्पूर्ण २७ हजार कतारी रियाल नेपाल सरकारको राहत कोषमा पठाइएको बताइएको छ। उक्त रकम बाढीबाट प्रभावित परिवारको राहत तथा आवश्यक सहयोगमा उपयोग हुने विश्वास गरिएको छ।

विदेशी भूमिमा रहेर पनि आफ्नो जन्मभूमिमा आइपरेको प्राकृतिक विपत्तिप्रति संवेदनशील हुँदै नेपालीहरूले देखाएको सहयोगी भावना प्रशंसनीय रहेको बताइएको छ। कतारमा कार्यरत नेपालीहरूको यस पहलले विदेशमा रहेका नेपालीहरू मातृभूमिको दुःख र पीडामा सधैं साथमा रहेको सन्देशसमेत दिएको छ। प्राकृतिक विपत्तिको समयमा देश तथा विदेशबाट हुने सानो–ठूलो सहयोगले प्रभावित परिवारको जीवनमा महत्वपूर्ण सहयोग पुग्ने भएकाले यस्तो मानवीय तथा सामाजिक अभियानलाई निरन्तरता दिनुपर्ने अभियानमा संलग्न व्यक्तिहरूले बताएका छन्।

विदेशमा रहेर पनि मातृभूमिमा आइपरेको विपत्तिमा सहयोग गर्ने नेपालीहरूको यस पहलले आपसी एकता, भाइचारा, सामाजिक सद्भाव र मानवीय सहयोगको भावना प्रस्तुत गरेको छ। अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने, रकम संकलनमा सहयोग गर्ने तथा अभियानलाई सफल बनाउन भूमिका निर्वाह गर्ने बालदिया ५२ क्याम्पमा रहेका सम्पूर्ण नेपाली दाजुभाइहरूप्रति मोहम्मद जमालुद्दिन खान र सरोज यादवले धन्यवाद तथा हार्दिक आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगर जस्तो दे ...

ओम प्रकाश यादव लहान भदौ २५ । सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रोनबाट लागूऔषध ब्राउन सुगर जस्त ...

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१