खड्क नगरपालिका–१ स्थित श्री राजाजी तुलसीलाल जोन्छे जनता माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको पुनर्गठन

  • कार्तिक १७, २०८२
  • ३९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव कात्तिक १७ ।  खड्क नगरपालिका–१, सप्तरी स्थित जनता माध्यमिक विद्यालय सिस्वा–बेल्हीमा विद्यालय व्यवस्थापन सहयोग छनोट समिति (वि.व्य.स.) को बैठक कात्तिक १७ गते सम्पन्न भएको छ। शिक्षा युवा तथा खेलकुद अधिकृत श्री विरेन्द्र कुमार यादवको संयोजकत्वमा बसेको बैठकले विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) सम्बन्धी मुख्य दुई प्रस्तावमाथि छलफल गर्दै निर्णय गरेको हो।

समितिको बैठकमा संयोजक यादवसहित वि.स. सदस्य श्री राम कुमार साह, श्री श्रवण कुमार मण्डल, श्री अन्चला कुमारी मण्डल, श्री श्याम कुमारी राम, वडाध्यक्ष तथा पदेन सदस्य श्री राज कुमार साह, र सदस्य–सचिव श्री रविन्द्र प्रसाद चौधरीको उपस्थिति रहेको थियो।

शिक्षा ऐनको दफा १२ को उपदफा १ अनुसार विद्यालय न्यास (वि.न्य.स.) का दुई जना मनोनीत सदस्य चयन गर्ने निर्णय गरियो। निर्णयअनुसार देहायका व्यक्तिहरूलाई मनोनयन गरिएको छ १. श्री धिरेन्द्र यादव  बोदेबर्साइन नगरपालिका १ सप्तरी २. श्रीमती सुशीला कुमारी मण्डल – खड्क नगरपालिका–२, सप्तरी

बैठकको दोस्रो प्रस्तावअन्तर्गत विद्यालय व्यवस्थापन समिति विस्तार तथा पुनर्गठनबारे निर्णय गरिएको छ। सो निर्णयअनुसार ८ सदस्यीय नयाँ समिति यस प्रकार गठन गरिएको छ–

१. अध्यक्ष – श्री राम कुमार साह, खड्क नगरपालिका १-२. सदस्य – श्री धिरेन्द्र यादव, बोदेबर्साइन नगरपालिका १-३. पदेन सदस्य – श्री राज कुमार साह, वडाध्यक्ष खड्क न.पा.–१ ४. सदस्य – श्री श्रवण कुमार मण्डल, खड्क न.पा.–१ ५. सदस्य – श्री अन्चला कुमारी मण्डल, खड्क न.पा.–१ ६. सदस्य – श्री श्याम कुमारी राम, खड्क न.पा.–१७. सदस्य – श्री सुशीला कुमारी मण्डल, खड्क न.पा.–१
८. सदस्य–सचिव – श्री रविन्द्र प्रसाद चौधरी, प्रधानाध्यापक ९.सिता राम चौधरी शिक्षक सदस्य १०.दिनेश कुमार मण्डल नेपाल शिक्षक महासंघ सप्तरी जिल्ला अध्यक्ष

बैठकका निर्णय अनुसार नवगठित विद्यालय व्यवस्थापन समितिले विद्यालयको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, शिक्षकीय व्यवस्थापन, विद्यार्थी हित तथा शैक्षिक वातावरण सुदृढीकरणका विषयमा नीति तथा कार्ययोजना तयार गर्नेछ।

शिक्षा अधिकारी एवं बैठक संयोजक यादवले समितिको प्रभावकारी भूमिकाले विद्यालयको समग्र उन्नतिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै, विद्यालय समुदाय, स्थानीय सरकार तथा अभिभावकबीच सहकार्यका माध्यमबाट विद्यालयलाई नमूना शिक्षालयका रूपमा विकसित गरिने प्रतिवद्धता व्यक्त गरिएको बैठकमा जानकारी गराइयो।

विगत २५ वर्षदेखि निरन्तर समाज शिक्षामा समर्पित रहेको र कुनै पनि विद्यार्थी शिक्षाबाट बन्चित रहनु हुदैन भन्दै मैले निशुल्क ट्युसन समेत दिएका विद्यालय व्यवस्थापन समितिका नव नियुक्त अध्यक्षले भने साथै विगतमा प्राध्यापक स्व. योगेन्द्र प्रसाद गोइतले गरेका योगदानलाइ मेटिन नदिने अभिव्यक्ति समेत दिए  ।

प्रतिक्रिया दिनुहोस

कपिलवस्तुमा दंगा निय ...

काठमांडू, कार्तिक १६ कपिलवस्तु समाजका एक प्रतिनिधि मण्डलले यस समाजका आजीवन सदस्य कपिलवस्तु कृष्णनगर ...

रञ्जिता श्रेष्ठको शु ...

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी छोड्दै नयाँ दल दर्ता गराएका पूर्व सांसद रेशम चौधरीलाई उनकी पत्नी ...

विगत दश वर्ष भित्र द ...

रहमुल लहान १४ कार्तिक । यहाँ पछिल्ला करिब दस वर्ष (लगभग आ.ब.२०७२/७३ पछि) भित्र नेपालमा शिक्षा, ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१