Siraha Times
ताजा समाचार

लहान २० देवि चौकमा झिझिया कार्यक्रम सुरु

  • असोज ७, २०८२
  • ८६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, असोज ७ । लहान–२० स्थित देवी चौकमा दुर्गा पूजा महोत्सवको अवसरमा भव्य झिझिया कार्यक्रम आजदेखि सुरु भएको छ । परम्परागत संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रमको अध्यक्षता मोदि लाल साहले गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि गनेश चौधरी रहनुभएको थियो । विशेष अतिथिहरूमा वडा अध्यक्ष सियाराम यादव, हिन्दु सम्राट सेना लहानका अध्यक्ष राम रिझन यादव र श्रीप्रसाद यादवको उपस्थिति रहेको थियो ।

IMG_20250923_211559 कार्यक्रममा लहान २० का वडा अध्यक्ष गणेश चौधरीले रिवन काटी सुरुवात गरेको थियो झिझिया नृत्य जस्ता मौलिक संस्कृतिले हाम्रो समाजलाई एकताबद्ध गर्ने र नयाँ पुस्तालाई आफ्नै संस्कृति तथा परम्पराप्रति जागरुक गराउने यस किसिमका सांस्कृतिक महोत्सवले समुदायमा धार्मिक सद्भाव, सामाजिक एकता र सांस्कृतिक चेतना अभिवृद्धि हुनेमा उनीहरू एकमत थिए ।

IMG_20250923_211805 दशैँको उल्लाससँगै दुर्गा पूजाको विशेष अवसरमा आयोजना गरिएको झिझिया कार्यक्रम दैनिक साँझ भव्य तरिकाले सञ्चालन हुने आयोजक समितिले जनाएको छ । स्थानीय कलाकार तथा महिलाहरूको सक्रिय सहभागितामा प्रस्तुत हुने नृत्यले महोत्सवलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

खडक आधारभूत अस्पताल ...

ओम प्रकाश यादव लहान असोज ८ । सप्तरी जिल्लाको खडक नगरपालिका ७ स्थित आधारभूत अस्पताल कल्याणपुरमा कोरिय ...

खडक आधारभूत अस्पतालम ...

ओम प्रकाश यादव लहान असोज ८ । सप्तरीको खडक नगरपालिका कल्याणपुरस्थित आधारभूत अस्पतालमा स्वास्थ्यकर्मीक ...

बर्थिङ सेन्टर छ, सेव ...

रहमुल, लहान ८ असोज । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुर पिपरामा सुविधा सम्पन्न स्वास ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१