Siraha Times
ताजा समाचार

राम कुमार उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल लहानमा ‘पेन प्लस क्लिनिक’ को उद्घाटन

दुर्लभ तथा दीर्घकालीन रोगीलाई सहज उपचारको आशा

  • माघ ३०, २०८१
  • ७८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान माघ ३० । लहानको राम कुमार उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘पेन प्लस क्लिनिक’ को समुद्घाटन सम्पन्न भएको छ। यो क्लिनिक दुर्लभ तथा दीर्घकालीन रोगहरूको उपचारमा केन्द्रित रहनेछ। समुद्घाटन समारोहको अध्यक्षता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अत्रुधन मण्डलले गरेका थिए, भने प्रमुख अतिथि लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथि नेपाल मेडिकल काउन्सिलका पूर्व अध्यक्ष डा. भगवान कोइराला, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जामुन सिंह तथा नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैताको उपस्थिति रहेको थियो।

समारोहमा अस्पतालका मेसु बृजेन्द्र साहले स्वागत मन्तव्य दिएका थिए। उनले पेन प्लस क्लिनिक दुर्लभ र दीर्घकालीन रोगबाट पीडित बिरामीहरूका लागि ठूलो राहतको स्रोत बन्ने बताए। यस क्लिनिक अन्तर्गत १० प्रकारका नसर्ने रोगहरूको निःशुल्क उपचार गरिने जानकारी दिइएको छ। विशेष गरी सिकल सेल एनिमिया, हेमोफिलिया, थाईसिमिया, क्रोनिक रुमेटिक डिजिज, र अन्य जटिल रोगहरूको उपचार गर्न पेन प्लस क्लिनिक उपयोगी हुने जनाइएको छ। समारोहलाई सम्बोधन गर्दै डा. भगवान कोइरालाले नेपालमा यस्तो सेवा अभाव रहेको र पेन प्लस क्लिनिकले दीर्घकालीन रोगीहरूको स्वास्थ्य सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

लहान नगरपालिकाका प्रमुख महेश चौधरीले नगरबासीका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने नगरपालिकाको प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनमा अस्पतालको सेवा विस्तारका लागि थप प्रयास गरिने बताए। पेन प्लस क्लिनिकको सञ्चालनसँगै सिरहा तथा आसपासका जिल्लाका बिरामीहरूलाई उपचारका लागि अन्यत्र जानु नपर्ने र स्थानमै सेवा पाउने अपेक्षा गरिएको छ। लहानको राउ स्मारक प्रादेशिक अस्पतालमा पेन प्लस (PEN-Plus) क्लिनिक उदघाटन सम्पन भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नेतृत्व, युनिसेफ र काठमाडौं ईन्स्टिच्युट अफ चाईल्ड हेल्थको साझेदारीमा यो क्लिनिक सुरु भएको हाे ।

लहान नगरपालिकाका मेयर महेश चौधरी र काठमाडौं ईन्स्टिच्युट अफ चाईल्ड हेल्थका प्रमुख बरिस्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोईरालाले संयुक्त रुपमा उदघाटन गरेका छन् । उपलब्ध हुने सेवाहरु : 

१. तोकिएका गम्भीर नसर्ने रोगह्रुको ओ.पि.डी. सेवा

२. नसर्न रोगका बिरामीहरुलाई निःशुल्क (ECHO) इको तथा यच.पी:ल.सि (HPLC) सेवा

३. थालासेमियाका बिरामीहरुलाई निःशुल्क बेड चार्ज (Bed Charge),निशुल्क औषधी तथा Red Cross मार्फत नि:शुल्क रगत सेवा

४. नसर्ने रोगका विभिन्न बिरामीहरुलाई निःशुल्क स्वास्थ्य बीमा र रोगको जटिलता अनुसार एम्बुलेन्स सेवा

५. तोकिएको नसर्ने रोगका सम्पूर्ण विरामीलाई स्वास्थ्य बीमामा आबद्ध हुन प्रेरित गर्दै बीमा कार्ड सकृय हुन लाग्ने अबधि सम्म नि:शुल्क औषधी तथा निदान/ल्याब सेवा रगा

६. नसर्ने रोगका बिरामीहरुलाई निःशुल्क परामर्श सेवा पेन-प्लस परियोजनामा समावेश (तोकिएका रोगहरु

१. मुटु सम्बन्धि रोग: (मुटुको बाथ रोग (RHD), जन्मजात मुटुको रोग (CHD), हृदयघात, तोकिएको उच्च रक्तचाप)

२. मधुमेह : (सम्पूर्ण Type-I Diabetes र Insulin Dependent Type-II Diabetes)

३. स्वासप्रश्वास सम्बन्धि रोगहरु: दम Asthma र COPD ('C'and'D')

४. थालासेमिया (Thalassemia) र सिकलसेल (Sickle Cell)

५. छारे रोग (Epilepsy), Autism अटिजम

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१