Siraha Times
ताजा समाचार

एच. पि. भि. खोप अभियान जोडतोडका साथ भगवानपुरमा

  • माघ २९, २०८१
  • ८११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २९ माघ । सिरहाको भगवानपुर गाउँपालिकामा एच. पि. भि. खोप अभियान २०८१ को तैयारी भव्यरुपमा भैरहेको छ। सरकारले संचालन गर्न लागेको यस अभियान अन्तरगत १० बर्ष देखि १४ बर्षकी किशोरीहरूलाई पाठेघरको मुखको कयान्सर गराउने रोगको विरुद्ध बिधालयमा अध्यनरत कक्षा ६ देखी १० सम्मका किशोरीहरु‌लाई विद्यालयमै शिक्षकहरूको समन्वय र सहकार्यमा खोप कार्यक्रम १ फाल्गुन देखि संचालन गरिने स्वास्थ्य सह-संयोजक विजय यादवले जनाएका छन । 

संयोजक यादवका अनुसार, विद्यालय भन्दा वाहिर रहेको किशोरीहरुको लागी प्रत्येक वाडाका स्वास्थ्य केन्द्र वा खोप समन्वय समितिको निर्णय अनुसार खोप केन्द्र स्थापना गरी अभियान सफल गर्ने जनाएका छन । भगवानपुर गाउँपालिका स्तरीय खोप समन्वय समितिको वैठक तथा अभिमुखिकरण कार्यक्रममा जिल्ला जन खास्थ्य कार्यालय सिरहाका तथ्यांक अधिकृत दुनियाँ लाल यादवले हाल सम्म मधुमेह, क्यान्सर, ब्लड प्रेयर रोग हुनु‌को कारण अहिले सम्म पत्ता लाग्न सकेको छैन तर महिलाको पाठेघरको मुखको क्यान्सर गराउने भाइरसको पत्ता लागिसकेकोले सरकारले यस वर्ष कक्षा-६ देखी कक्षा १० सम्मका किशोरीहरूलाई एच.पि.भि. खोप अभियान स्वरूपमा संचालन भैरहेको तथा आउदो बर्ष कक्षा ६ मा जाने सवै किशोरीहरुलाई यो खोप अनिवार्य गर्ने वताउदै अधिकृत यादव हाल सम्म १३ वटा खोप संचालन भैरहेकोमा अब देखी १४ वटा खोप सरकारले निशुल्क संचालन गर्ने वताए।

कार्यक्रममा प्र० प्र० अ० चन्द्र नरायण चौधरीले यो खोप लगाउदा कुनै किसिमको नाकारात्मक असर नरहेकोले ढुक्कका साथ अभियानमा सहभागी हुन सवैमा अपिल गरेका छन। कार्यक्रमलाई समापन गर्दै गा. पा. उपाध्यक्ष रेखा देवी यादवले म पनि एउटी महिला भएकोले महिलाको पिडा बुझेको छु भोगेको छु त्यसकारण किशोरीहरु अनिवार्य खोप लगाउनु हुन आग्रह गरेकी छिन। एउटा खोपको मुल्य सरदर रु ७ हजार परेको छ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१