Siraha Times
ताजा समाचार

शिक्षा र स्वास्थ्य सम्बन्धी गहन छलफल

  • माघ २९, २०८१
  • ८५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २९ माघ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ४ को वडा कार्यालयमा जनप्रतिनिधिहरु, समुदाय र शिक्षकहरु विच गहन छलफल भएका छन । वडा अध्यक्ष रमेश कुमार यादवको अध्यक्षतामा बसे‌को वैठकमा अधारभुत विद्यालय खैरबोनाका शिक्षक टिम र खैरबोनाका स्थानियहरु बिच शिक्षा स्वास्थ्य सम्बन्धी विशेष छलफल भएको हो।

आ. वि. खैरबोनाको स्तर उन्नति गर्न र विद्यालयको भौतिक संरचना निर्माण गर्न सुविधा सम्मान्न भवन परेकोले यो सम्बन्धी छलफल अगाडी बढेको थियो। शिक्षक टिमले उक्त भवन निर्माणका आवश्यक सहयोगको लागी, जग्गा व्यवस्‌थापन‌का लागी वाडा कार्यालय संग सहयोग माँगेका थिए। शिक्षकहरूको माँग प्रति वडा अध्यक्ष यादवले हाल सम्म वि.व्य. स. गठन हुन सकेन किन ? गुणस्तर शिक्षा हाँसिल भैरहेको छैन जुन समुदायहरूको गुनासो छ त्यो कसरी सामाधान हुने हो प्रश्न गरेका थिए।

वडा अध्यक्ष यादव विद्यालय राम्रो बनाउन शिक्षकको अहम सुमिका रहेकोले यस तर्फ विद्यालय प्रशासनको गम्भिर ध्यानाकर्षण हुन जरुरी रहेको देखिन्छ बताए। अर्को प्रसङ्गमा वडा अध्यक्ष याद‌वले वडा कार्यालय वाट हुने सहयोग त भै नै हाल्छ तर यथा सिघ्र अभिभावक भेला बोलाउन प्र.अ. लाई सुझाएका थिए । यसै वडाको खैरबोना बजारको बिचमै स्वास्थ्य चौकी रहेको छ।

विगत केहि दिन अगाडी ३ जना स्वास्थ्यकर्मिहरुले बाडा भरी सेवा पुर्याइरहेको थियो तर अहिले ७ जना स्वास्यकर्मि हुदा हुदै नागरिकले भरपर्दो सेवा नपाएको र समय‌मा औषधी सम्म न पाएको समुदायको गुनासो रहेको थियो। समुदायको माग लाई सम्वोधन गर्दै वाडा अध्यक्ष यादव नागरिक‌को जयज माग प्रति म साकारात्मक छु बताउदै आजको बैठकमा उठेका विषय बस्तु गाउँपालिका सँग समन्वय र सहकार्य गरी नागरिकको माँग सम्वोधन गर्ने बताए। हाल स्वास्थ्य चौकीको भवन जिर्ण बन्दै गैरहेको छ भने हाल सम्म स्वास्थ्य चौकी व्यवस्थापन सम्बन्धी चर्चा पनि उठन सकेको छैन।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१