Siraha Times
ताजा समाचार

सुरुङ्गा न.पा.५ कुशहा वालश्रम मुक्त वाडा घोषणा

  • माघ २८, २०८१
  • ७३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २८ माघ । सप्तरीको सुरुङ्गा नगरपालिका ५. कुशहा आजवाट वालश्रम मुक्त वाडा घोषणा भएको छ। वाडा न. ५ को वाडा कार्यालय द्वारा आयोजित कार्यक्रममा वाडा अध्यक्ष दिलाराम चौधरीको अध्यतामा शुरु भएको कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख गीता चौधरी, विशिष्ट अतिथि उप प्रमुख रुद्रवहादुर कार्कि पूर्व उप प्रमुख विन्दा पासवान र प्र०प्र० अ०विरेन्द्र पासवान रहेका थिए भने अन्य जनप्रतिनिधिहरु, प्र.अ.हरु विभिन्न शाखाका प्रमुख प्रतिनिधिहरु, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा रहेका थिए ।

महिला बालबालिका तथा जेष्ठनागरिक शाखा सुपरभाइजर बिरेन्द्र पासवान द्वारा संचालित यस कार्यक्रममा वाडा सचिव मीरा कुमारी चौधरीले बालश्रम मुक्त वाडा घोषणा गर्नु पूर्व यस वडाले बाल बालक्लबहरुको सहयोगमा धेरै गतिविधिहरु गर्नु परेको वताएकी थिइन कार्यक्रममा विभिन्न वकताहरूले यस वडालाई बालश्रम मुक्त घोषणा गर्न विभिन्न संघ संस्थाहरु जस्तै सवल नेपाल, युनिसेफ नेपाल इ विभिन्न कलवहरूको मेहनत लाई खुलेर प्रशंसा गरेका थिए।

मन्तव्यको दौरान ४ न. वडा अध्यक्ष देवेन्द्र प्रसाद‌ चौधरी र नगर उप प्रमुख रुद्ध वहादुर कार्किले संयुक्तरूपमा वाल शोषण पुर्ण रूपमा बन्द हुनु पर्छ वताएका छन। स्थानीय सरकारले वाल कोष खड़ा गरि आर्थिक अभाव कमजोर भएका अभिभावकहरुको पढाई लेखाई खर्च पालिकाले व्यवस्थापन गरिरहेकोले पढाई लेखाईको समयमा वालवालिकाहरूलाई काममा पठाउनुको साटो विद्यालय पठाउन सम्पुर्ण अभिभावक हरुलाई यी दुई जन‌प्रतिनिधिले आग्रह समेत गरेका हुन ।

प्रमुख अतिथिको रूपमा नगर प्रमुख गीता चौधरीले वालवालिका देशका भविष्य हुन र यस‌लाई ज्ञान सिप हाँसिल गर्ने समयमा काममा लगाउनु सरासर गलत हो वताएकी हुन । उहाँ अगाडी थप्दै मैले पालिकाको सबै वाडाहरुमा अनुगमन गर्दा खास गरी अति विपन्न परिवारका वाल बच्चाहरू पढाई लेखाईको समयमा कामकाजमा श्रमको लागी खटिएको पाइ‌एको भेटे र यो सरासर गलत हो वताएकी थिइन ।

उहाँ अगाडी भन्दै मेयर चौधरी मेरो नेतृत्वको स्थानीय सरकारले वालकोष खडा गरि सकेको छ । अव कोई पनि वालवालिका विद्यालय भन्दा वाहिर रहनु हुदैन भन्ने उद्देश्यले यो वालश्रम मुक्त वडा घोषणा गर्दै छौ र चैत्र मसान्त भित्र हामी पालिका घोषणा गर्ने तैयारीमा लागेको वताएकी हुन । मधेश प्रदेशमा बाल विवाह मुक्त हुने पहिलो पालिका सुरुङ्गा नै हुन।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१