रहमुल लहान २५ माघ । सिरहाको नवराजपुर गाउँगालिका सभा हलमा स्वास्थ्य शाखाको आयोजना र प्रमुख अथिति जिल्ला जन स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्ण देव यादवको प्रमुख अतिथ्यमा र गा. पा. उपाध्यक्ष पुनम यादवको अध्यक्षतामा पालिका स्तरीय खोप समन्वय समितिको वैठक तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएका छत।

स्वास्थ्य शाखा प्रमुख संजीव यादव द्वारा संचालित आजको कार्यक्रममा त्यहाँ १० देखी १४ बर्षका किशोरीको संख्या जम्मा ८४९ रहेकोमा सवै किशोरीहरूलाई सेवा प्रवाह गर्न पालिका भरिका मा० वि० विद्यालयहरूमा फाल्गुन १ गते खोप सच्चालन हुने र विद्यालय भन्दा वाहिर रहेका किशोरीहरुलाई प्रत्येक वाडाका स्वास्थ्य चौकीहरूमा दोस्रो दिन खोप लगाउने कार्यक्रम रहेको शाखा प्रमुख यादवले वताए।

हाल सम्म मधुमेह, ब्लड प्रेसर र क्यान्सर हुनुको कारण अहिले सम्म पनि पत्ता नलागेको तर महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सरको कारण पत्ता लागी सकेकोले यसलाई नियन्त्रण गर्न खोप नै रहेकोले यो एच.पि.भि. उत्तम खोप अभियानको रुपमा सरकारले ल्याएको प्रमुख अथिति कृष्णदेव यादवले जनाए । यादव यो खोप पुर्ण रूपमा सफल रहेको तथा हाल सम्म यो खोप वाट कुनै पनि किसिमको हानी हाल सम्म नदेखेकोले किशोरीहरूले ढुक्कका साथ अभियानमा सहभागी भै सेवा लिनु आउन आग्रह समेत गरेका हुन।

प्रमुख यादव अगाडी थप्दै कुनै पनि वालिकालाई खोपको असर देखा पर्ना साथ तुरुन्त्र त्यसको उपचार निशुल्क खोप केन्द्रमै व्यवस्था २४ सौं घण्टा एम्बुलेन्स र जिल्लाका दुई वटा प्रादेशिक अस्पताल तैयारी अवस्थामा राखिएको वताएका हुन।

वडा अध्यक्ष जय प्रकाश यादवको अनुसार यस खोप मार्फत खास गरी किशोरीहरु लाभान्वित हुने भएकोले यस सम्वन्धी व्यापक प्रचार प्रसार अझै गर्नु पर्ने वताएका छन उहाँ अगाडी थप्दै समुदाय स्तरमा अझ पनि नागरिक यस रोग सम्बन्धि जानकार नरहेकोले यसलाई जागरूप पार्न पालिका भित्र रहेका स्वास्थ्य समयन्त्रलाई अझै प्रचालित गर्न जरूरी देखिन्छ भने जन प्रतिनिधिहरु लगायत स्वम किशोरीका अभिभावकहरू पनि यस तर्फ गम्भीर हुन जरूरी रहेको समेत बताएका हुन ।

कार्यक्रमलाई समापन गर्दै गा. पा. उपाध्यक्ष पुनम यादवले पाठेघरको समस्याका कारण धेरै महिला दिदिवहिनीहरु पिडित रहेको हामीले पनि महसुस गरेका छौ भने आफु पनि एउटा महिला भएकोले सबै महिलाहरुको पिडा मैले नजिक बाट हेरेको र बुझेको छु बताएकी हुन । उहाँ अगाड़ी भन्दै कगान्सर रोग लाग्नै नदिने योजना सरकारको रहेकोले पहिलो चरणमा किशोरीहरू वाट खोप लगाउने कार्य शुरु भएको र अर्को बर्ष यो खोप कक्षा ६ मा जाने हरेक किशोरीलाई अनिवार्य गरिने बताउदै यस कार्यक्रमलाई मार्यादिय बनाउन सबै पक्ष एक जुट भइ अभियान सफल पार्न सबैमा अपिल समेत गरेकी हुन।

प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved