Siraha Times
ताजा समाचार

पालिका स्तरीय खोप समन्वय समितिको एच.पि.भि. खोप सम्बन्धि १ दिने अभिमुखिकरण गोष्ठी सम्पन्न

  • माघ २३, २०८१
  • ९६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २३ माघ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आज पालिका स्तरीय खोप समन्वय समितिको एच.पि.भि. खोप सम्बन्धि १ दिने अभिमुखिकरण गोष्ठी सम्पन्न भएका छन। भोलि देखि १० बर्ष देखि १४ बर्ष समुहको ८९७ जना बालिकाहरुलाई खोप लगाइदैछ। यसका लागी भोलि पालिका भित्रका ४ वटा मा.बि. र एउटा आधारभुत बिधालय वार्ड न.४ को सिमराहालाई गरी ५ वटा केन्द्र तोकिएको छ। बिधालय भन्दा बाहिर रहेका किशोरीहरुको लागी प्रत्येक वाडाको स्वास्थ्य चौकीमा पर्सि २४ माघमा खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख हरिनरायण चौधरीले जनाएका छन।

त्यसै गरी आज सिरहा जिल्लामा पनि एच.पि.भी. खोप अभियान सुरु भएको छ। पाठेघर घरको मुखको क्यान्सर लाग्न नदिन यो खोप संचालनमा ल्याएको चिकित्सकहरु बताउछन। हुन त मानिसमा मधुमेह, क्यान्सर र ब्लड प्रेसर के कारणले लागी रहेको छ त्यो हाल सम्म अनुसन्धानकै बिषय रहेको छ तर पाठेघरको मुखको क्यान्सर लाग्ने पत्ता लागिसकेकोले सरकारले एउटा यत्रो महगो खोप लगाउने भव्य तैयारी गरेको छ। जबकी एउटा खोपको मुल्य ५/६ हजार नेपाली रुपैया पर्दछ।

कार्यक्रम प्रस्तोता अशोक यादवको अनुसार यस खोप कार्यक्रममा सरकारको ठुलो लगानी लागेको छ तर देशका नागरिक बचाउन खास गरी महिलाको पाठेघरमा देखिएको समाधान गर्न सरकार दिनरात मेहनत गरिरहेकोले नागरिकहरु पनि सरकारले तोकेको स्थानमा भेला भै सेवा लिनु आउनु सरकार अनुरोध गरेका छन भने यसलाई आमनागरिक समाज अभियानको रुपमा बुझि दिनु हुन समेत बताएका छन।

May be an image of 4 people and people studyingMay be an image of 4 people, people studying and text

प्रतिक्रिया दिनुहोस

घर–घरको शान, स्वच्छत ...

लहान असार ०२ । शनिबार बिहान लहान नगरपालिका–६ स्थित राधाकृष्ण मन्दिर परिसरमा सामान्य दिनभन्दा फ ...

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१