Siraha Times
ताजा समाचार

सिरहामा एच.पि.भी. खोप अभियान सुरु

  • माघ २२, २०८१
  • ८१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, माघ २२ । सिरहा जिल्लामा पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमाभाइरस (एच.पि.भी.) विरुद्धको खोप अभियान मंगलबारदेखि सुरु भएको छ। उक्त अभियान जिल्ला खोप समन्वय समिति सिरहाको संयोजक तथा जिल्ला समन्वय समिति (जिसस) प्रमुख दिनेश कुमार महतोको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा सहायक जिल्ला समन्वय अधिकारी (DCO) चेत राज बराल प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने जिल्ला शिक्षा अधिकारी दिपक राज कनौली, जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेश पण्डित तथा अन्य सम्बन्धित निकायका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

जिल्ला स्वास्थ्य कार्यालय सिरहाको आयोजनामा सुरु गरिएको यस खोप अभियान अन्तर्गत जिल्लाभरिका विभिन्न स्थानहरूमा लक्षित उमेर समूहका बालिकाहरूलाई खोप प्रदान गरिनेछ। खोप अभियानले पाठेघरको मुखको क्यान्सरको रोकथाममा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, यो खोप १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई प्राथमिकताका साथ लगाइनेछ। अभियानलाई प्रभावकारी बनाउन विभिन्न विद्यालय, स्वास्थ्य चौकी तथा सामुदायिक केन्द्रहरूसँग सहकार्य गरी खोप उपलब्ध गराइनेछ।

यस अवसरमा प्रमुख अतिथि सहायक डीसीओ चेतराज बरालले खोप अभियानको महत्वबारे चर्चा गर्दै सबै अभिभावकलाई आफ्ना बालिकाहरूलाई अनिवार्य रूपमा खोप लगाउन अनुरोध गरे। साथै, जिसस प्रमुख दिनेश कुमार महतोले स्वास्थ्य सुरक्षाका लागि यस्तो खोप अभियान आवश्यक रहेको उल्लेख गर्दै, खोप अभियानलाई सफल बनाउन सबै पक्षहरूको सहकार्य जरुरी रहेको बताए।

जिल्ला स्वास्थ्य कार्यालय सिरहाका अनुसार, यो खोप अभियान केही दिनसम्म निरन्तर चल्नेछ र लक्षित बालिकाहरूले समयमै खोप लगाउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१