नवराजपुर गापा उपाध्यक्षद्वारा सुत्केरी महिलालाई पोषण प्रोत्साहन रकम वितरण

  • माघ २०, २०८१
  • ५९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, २० माघ । सिरहाको नवराजपुर गाउँपालिकाले सुत्केरी महिलाहरूलाई पोषण प्रोत्साहन स्वरूप आर्थिक सहायता प्रदान गरेको छ। गाउँपालिकाकी उपाध्यक्ष पुनम यादवको नेतृत्वमा टिमसहित समुदायका विभिन्न घरदैलोमा पुगेर प्रतिमहिला रु. ३,५०० को दरले पोषण प्रोत्साहन रकम वितरण गरिएको हो।

गाउँपालिकाले मातृ तथा शिशु स्वास्थ्य सुधार गर्ने उद्देश्यले सुत्केरी महिलाहरूलाई यो सहायता उपलब्ध गराउँदै आएको छ। उपाध्यक्ष यादवले कार्यक्रममा बोल्दै भन्नुभयो, "स्वस्थ आमा नै स्वस्थ सन्तानको आधार हो। पोषणको अभावले आमाहरूलाई स्वास्थ्यमा समस्या पार्न सक्छ, त्यसैले हामीले यो सहायता कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएका छौं।"

स्थानिय स्वास्थ्यकर्मी र वडाका जनप्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा लाभान्वित महिलाहरूले गाउँपालिकाको यो अभियानप्रति खुशी व्यक्त गरेका थिए। उनीहरूले सरकारी तथा स्थानीय तहबाट गरिने यस्ता सहयोगले मातृ स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताएका छन्। नवराजपुर गाउँपालिकाले यसअघि पनि विभिन्न स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ। आगामी दिनमा थप प्रभावकारी योजनासहित सुत्केरी तथा गर्भवती महिलाहरूलाई सहयोग गर्ने गाउँपालिकाको लक्ष्य रहेको उपाध्यक्ष यादवले बताउनुभयो।

May be an image of 5 people and people smiling

प्रतिक्रिया दिनुहोस

मधेस प्रदेशको कृषि स ...

रहमुल लहान ३० साउन अहिलेको मधेस प्रदेशको कृषि सम्बन्धी अवस्थाको बारेमा भन्नु पर्दा वर्तमान संकट, प्र ...

ओम शान्ति आश्रम, बथन ...

रहमुल लहान, साउन २९ । सिरहा जिल्लाको लहान नगरपालिकास्थित ओम शान्ति आश्रम, बथनाहामा यस वर्षको कृष्ण ज ...

बलान नदीमा डुबेर बाल ...

ओम प्रकाश यादव, लहान, साउन २९। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ परीहारपुरका १४ वर्षी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१