Siraha Times
ताजा समाचार

नवराजपुर गापा उपाध्यक्षद्वारा सुत्केरी महिलालाई पोषण प्रोत्साहन रकम वितरण

  • माघ २०, २०८१
  • ८३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, २० माघ । सिरहाको नवराजपुर गाउँपालिकाले सुत्केरी महिलाहरूलाई पोषण प्रोत्साहन स्वरूप आर्थिक सहायता प्रदान गरेको छ। गाउँपालिकाकी उपाध्यक्ष पुनम यादवको नेतृत्वमा टिमसहित समुदायका विभिन्न घरदैलोमा पुगेर प्रतिमहिला रु. ३,५०० को दरले पोषण प्रोत्साहन रकम वितरण गरिएको हो।

गाउँपालिकाले मातृ तथा शिशु स्वास्थ्य सुधार गर्ने उद्देश्यले सुत्केरी महिलाहरूलाई यो सहायता उपलब्ध गराउँदै आएको छ। उपाध्यक्ष यादवले कार्यक्रममा बोल्दै भन्नुभयो, "स्वस्थ आमा नै स्वस्थ सन्तानको आधार हो। पोषणको अभावले आमाहरूलाई स्वास्थ्यमा समस्या पार्न सक्छ, त्यसैले हामीले यो सहायता कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएका छौं।"

स्थानिय स्वास्थ्यकर्मी र वडाका जनप्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा लाभान्वित महिलाहरूले गाउँपालिकाको यो अभियानप्रति खुशी व्यक्त गरेका थिए। उनीहरूले सरकारी तथा स्थानीय तहबाट गरिने यस्ता सहयोगले मातृ स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताएका छन्। नवराजपुर गाउँपालिकाले यसअघि पनि विभिन्न स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ। आगामी दिनमा थप प्रभावकारी योजनासहित सुत्केरी तथा गर्भवती महिलाहरूलाई सहयोग गर्ने गाउँपालिकाको लक्ष्य रहेको उपाध्यक्ष यादवले बताउनुभयो।

May be an image of 5 people and people smiling

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१