Siraha Times
ताजा समाचार

२७औं वार्षिकोत्सव, अभिभावक दिवस एल एमसी एक्स्पो २०८१ लहानमा हुदै

  • माघ १९, २०८१
  • १५७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान माघ १९ । ‘Learn to lead, lead to serve’ मुख्य उदेश्यका साथ लहानमा रहेको प्रतिष्ठित विद्यालय एल एमसीले आफ्नो २७औं वार्षिकोत्सव, अभिभावक दिवस तथा एल एम सी एक्स्पो २०८१ भव्य रूपमा मनाउदै  छ। विगत २७ वर्ष देखि निरन्तर शिक्षण सेवाबाट यस विद्यालयले हजारौ इमान्दार निष्ठावान र कुशल विद्यार्थी उत्पादन गरि मेरी चिल्ड्रेन विद्यालयलाइ चिनाउन सफल भएका छन् साथै यस विद्यालयले आधुनिक जमानाका आधुनिक विद्यार्थी उत्पादन गर्न अघि बढिरहेको विद्यालयका संस्थापक अध्यक्ष पाण्डव हमालले बताए ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय ईकाइ सिरहाका प्रमुख दीपक राज कोलौनी थियो भने विशिष्ट अतिथिका रूपमा उधोग बाणिज्य संघ नि.अध्यक्ष अशोकलाल आमात्य, सिरहा एन प्यावसनका अध्यक्ष प्रदीप तिवारी, नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता, लहान शिक्षा शाखा प्रमुख अमिरी यादव, पत्रकारहरू लाल बिहारी यादव, महेश सिंह, बिनोद मण्डल, ओम प्रकाश यादव, रहमुल मियाँ, हेम प्रसाद पासमान लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता विद्यालयका संस्थापक पाण्डव हमालले गर्नुभएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैताले विद्यालयको गुणस्तरीय शिक्षालाई साक्षी बसेको अनुभूति गर्दै शुभकामना व्यक्त गरे। उनले विद्यालयको पहिचान अझ मजबुत बनाउने कुरामा जोड दिँदै ‘रातो रङ, सुर्या जंगी निशान’ शब्दको प्रयोग गर्न अनुरोध गरेका थिए । सम्बोधन पश्चात् एल एमसी परिवारले उनलाई दोसल्ला ओढाई सम्मानित गर्यो।

त्यस्तै, प्रमुख अतिथि प्रदीप तिवारीले आफ्नो सम्बोधनका क्रममा पत्रकारहरूको सम्मान गर्दै भने, “पत्रकारहरू लोकतन्त्रका आँखाहरू हुन्। उनीहरू समाज परिवर्तनका संवाहक भएकाले उनीहरूलाई सदैव सम्मान गर्नुपर्छ।” उनले विद्यार्थीहरूलाई जीवनमा अनुशासन, परिश्रम र सकारात्मक सोचको महत्त्वबारे प्रेरणादायी सन्देश दिएका थिए। साथै, थाकेका विद्यार्थीलाई फकाउने तरिकाबारे समेत व्याख्या गरे । कार्यक्रमको सांस्कृतिक पक्षलाई थप रोचक बनाउन विद्यार्थी तथा अभिभावकहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरे। ‘गैरी खेतको सिरै हाल्यो’ गीतमा अभिभावकहरूले मनमोहक अभिनय प्रस्तुत गरे। अनु कार्की, अम्ला कार्की, कमला कार्कीले ‘यो पाउजुको छम छम ज्यान तिम्रै हो’ गीतमा आकर्षक नृत्य प्रदर्शन गरे। सुस्मिता श्रेष्ठले ‘त्रिशूली बगेर मर्स्याङ्दीमा झरेछ’ बोलको गीतमा जीवन्त प्रस्तुति दिएकी थिइन्।

यस वर्षको एल एमसी एक्स्पो २०८१ अन्तर्गत विद्यालयका विद्यार्थीहरूले विभिन्न विज्ञान, प्रविधि, कला, साहित्य र सामाजिक विषयमा आधारित प्रदर्शनीहरू प्रस्तुत गरे। विद्यार्थीहरूले सिर्जनात्मक क्षमताको प्रदर्शन गर्दै विभिन्न नवीनतम प्रविधिहरूको समेत प्रयोग गरेका थिए । समापन समारोहमा विद्यालयका प्रधानाध्यापकले सम्पूर्ण सहभागी, अभिभावक, विद्यार्थी, शिक्षक तथा अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा विद्यालयलाई अझ उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस

अस्पताल व्यवस्थापन स ...

रहमुल,लहान, २८ जेठ । मधेश प्रदेश अन्तर्गतका अस्पतालहरूको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र न ...

नवराजपुरका भूमिहीन द ...

जेठ २७ । भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा खेतीपाती गर्न हाते ट्याक्टर उपलब्ध गराइएको छ। प ...

गोलबजारमा किशोरी सञ् ...

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१