Siraha Times
ताजा समाचार

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं साधारणसभा भव्यताका साथ सम्पन्न

  • माघ १२, २०८१
  • ८१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान, १२ माघ । "एकका लागि सबै, सबैका लागि एक" नाराका साथ सिराहाको लहान -८ मा अवस्थित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ। शनिबार बिहान ७:३० बजेदेखि १ बजेसम्मका लागि लहानको माखनभोग स्वीट्स एण्ड नमकिन होटलमा राखिएको थियोे । सहकारीमा एकआपसमा हातेमालो गरेर विश्वास गरेर अगाडि बढनु पर्ने कार्यक्रमका प्रमुख अतिथि सिराहा क्षेत्र न.- १ का केन्द्रीय सांसद रामशंकर यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो यस राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था प्रति संघिय सरकार सदैब साथ, सहयोग र सकारात्मक रहेको बताउनुभयो । संस्था अध्यक्ष रंजित कुमार यादवले छैठौं वार्षिक साधारणसभा प्रस्तुत गर्दै भने, - हाल राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा हाल कुल २०७ सदस्य रहेको बताए । उनले भने- यस संस्थाको कुल शेयर पुँजी १०८५९००/- रहेको जानकारी दिए ।

आर्थिक वर्षको अन्त्यमा रहेको बचत निपेक्ष रु. ३२१२३०५/- रहेको छ। भने शेयर सदस्यहरुलाई लगानीमा रहेको ऋण रकम रु.३१९४८४३/- रहेको छ। संस्थाको कुल पुँजी तथा दायित्व रु. ४४४५९१९/- नियमित बचत ४ प्रतिशत राखिएको छ । विशिष्ट अतिथि राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रंजितकुमार यादव, संस्थाका कर्मचारीहरु, संचारकर्मी, १००औं को सङ्ख्यामा शेयर सदस्यहरुको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस

सिराहाको धनगढीमाईमा ...

विनोद अविरल,​सिराहा, बैशाख ६ । ​सिराहाको धनगढीमाई नगरपालिका-१२ स्थित डोटेल मावि अगाडि ट्याक्टर चालकम ...

लहानमा श्री ल.ल. कुश ...

ओम प्रकाश यादव लहान वैशाख ६ । सिराहा जिल्लाको लहानस्थित श्री ल.ल. कुशवाहा माध्यमिक विद्यालयले आज लिए ...

“सीमामा लसुनको साम्र ...

महोत्तरी वैशाख ५ । नेपाल–भारत सीमावर्ती क्षेत्र भिट्टामोड र यसको आसपासका नाकाहरू पछिल्लो समय च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१