ताजा समाचार

लहान २० को डोरा नदीमा आरसीसी कलभर्ट पुल निर्माणको काम सुरु: स्थानीय किसान हर्षित

  • माघ ९, २०८१
  • ८१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान माघ ०९ । लहान नगरपालिका २० हरिनगरा गाउँको डोरा नदीमा आरसीसी कलभर्ट पुल निर्माणको काम सुरु भएपछि स्थानीय किसानहरुमा हर्ष छाएको छ। पुल निर्माणपछि खेतसम्मको पहुँच सहज हुने हुँदा किसानहरूले खेतीपातीमा ठूलो राहत पाउने अपेक्षा गरिएको छ। यो परियोजना पूरा भएपछि क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय सुधार आउने विश्वास गरिएको छ।

लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले आज हरिनगराको डोरा नदीमा निर्माण हुन लागेको पुलको शिलान्यास गरेका छन्। यो परियोजनालाई ऐतिहासिक ठहर गर्दै मेयर चौधरीले भने, “पुल निर्माणले स्थानीय जनताको दैनन्दिन जीवनस्तर सुधार गर्न ठूलो योगदान पुर्’याउनेछ।”

लहान नगरपालिका वडा नम्बर २० का अध्यक्ष गणेश चौधरीले यस परियोजनालाई स्थानीय विकासमा महत्वपूर्ण योगदान दिने भनी उल्लेख गरेका छन्। अध्यक्ष चौधरीले मेयर महेश प्रसाद चौधरीलाई यो सराहनीय कार्यका लागि धन्यवाद व्यक्त गर्दै स्थानीय समुदायलाई परियोजनाको सफल कार्यान्वयनका लागि सहयोग गर्न आग्रह गरे।

परियोजनाको कुल लागत रु. २०,४२,८१२।५७ रहेको छ। यसमध्ये लहान नगरपालिकाले रु. २०,००,००० व्यहोर्नेछ भने बाँकी रकम रु. ४२,८१२।५७ जनसहभागिताबाट संकलन गरिनेछ। उपभोक्ता समितिका अध्यक्ष बिर्जु लाल चौधरीको नेतृत्वमा निर्माण कार्य अघि बढिरहेको छ। यस पुल निर्माणले ३०० भन्दा बढी स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुर्’याउनेछ। किसानहरूले खेतीपातीका लागि सजिलो पहुँच पाएसँगै क्षेत्रको उत्पादनशीलता बढ्ने अपेक्षा गरिएको छ।

यो परियोजना २०८१ सालको चैत महिनासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण कार्य समयमै सम्पन्न भएमा डोरा नदीले बाँडेको भौगोलिक दूरी घट्दै आर्थिक र सामाजिक गतिविधि प्रवर्द्धन हुनेछ। पुल निर्माणको शुभारम्भसँगै स्थानीय बासिन्दाले आफ्नो जीवनस्तरमा सुधार हुने विश्वास व्यक्त गरेका छन्। हरिनगराका किसानहरूका लागि यो पुलले खेत र बजारबीचको दूरीलाई कम गरी उनीहरूको दैनन्दिन जीवनलाई सहज बनाउनेछ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤