Siraha Times
ताजा समाचार

चितवन घटना : असइ बुद्धिबहादुर भुजेललाई निलम्बनकाे सिफारिस

  • माघ ७, २०८१
  • ६४२ पटक पढिएको
  • रामएकवाल राम
alt

चितवन - सामाजिक सञ्जालका विभिन्न फोरममा भाइरल बनिरहेको प्रहरीले एक युवकलाई निर्घात कुटपिट गरेको भिडिओ चितवनको भरतपुरस्थित बसेनीको रहेको खुलेको छ।

गएको महिनाको १५ पुसमा रातिको समयमा प्रहरीका सहायक निरीक्षक असइ बुद्धिबहादुर घर्ती भुजेलले एक युवकलाई लात्तले हानेर लडेपछि फेरि बुटैबुटले बजारेका छन्। उक्त भिडिओ सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय चितवनले छानबिन समिति गठन गरेको छ। समितिको सिफारिसका आधारमा असइ भुजेललाई निलम्बन गर्न लागिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

‘भिडिओ हेर्दा प्रहरी आचरणविपरीत कार्य गरेको देखिएको छ। घटनामा संलग्न प्रहरी कर्मचारीलाई कारबाही प्रक्रिया बढेको छ । भरतपुर महानगरपालिका– ११, बसेनीको भिडिओ रहेको र सम्बन्धित प्रहरी कर्मचारीलाई निलम्बनको प्रक्रिया थालिसकेको चितवन प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१