Siraha Times
ताजा समाचार

चमार कल्याण समाज नेपालले रविदास जयन्ती मनाउने तयारी

  • माघ ५, २०८१
  • ७२६ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौ । चमार समुदायका धर्म गुरु रविदास जयन्तीको अवसरमा सार्वजनिक विदाको माग गर्ने तयारी गरेको छ। नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपालको जिल्ला कमिटि धनुषाको आयोजना एवमं प्रदेश कमिटिको संयोजनमा आउदै गरेको चमार समुदायका धर्मगुरु सन्त रबिदास ज्युको जन्मज्यन्ति मनाउनेबारे आज जनकपुरमा जिल्ला, प्रदेश एवमं केन्द्रिय स्तरका प्रतिनिधि ज्युहरुको विशेष उपस्थितिमा बैठक सम्पन्न भएको छ।

बैठकले सन्तगुरु रबिदास ज्युको जन्मज्यन्तिको अवसरमा यसपाली गाउ गाउबाट चमार समुदायहरु जनकपुरमा उतार्ने, चमार समुदायहरुको शक्ति प्रदर्शन , विभिन्न चमार समुदायहरुले लगाउने भेषभुषा, पहिरन, झाकी आदी गर्दै सम्पन्न गर्ने , देश विदेशमा रहनुभएका चमार समुदायका अगुवाहरुलाई यस भब्य कार्यक्रममा उपस्थितिका लागि अनुरोध गर्ने लगाएतका विषयहरुमा निर्णय गर्दै सम्पन्न भएको जिल्ला अध्यक्ष प्रगास महरा चमारले जानकारी दिनुभयो।

उता बारा पर्सा जिल्लाका चमार समुदायहरुले आजै बैठक गरि  माघ ३० गते रविदासको जन्मज्यन्तिको अवसरमा करिब १० हजार चमार समुदायहरु उतार्ने चमार कल्याण समाज नेपाल मधेश प्रदेश कमिटिका महासचिव एवम भिम आर्मी नेपालका संयोजक सुनिल राम चमारले जानकारी दिनुभयो । महासचिव रामका अनुसार राज्यबाट सधै चमार समुदायहरु विभेदका पारिदै आएकोले यसपालि बारा पर्साका चमार समुदायहरु एकिकृत भएर शक्ति प्रदर्शन गर्न लागेको र अन्य समुदायकाहरुको धर्म गुरुको जन्मज्यन्तिको अवसरमा सर्बजनिक विदा दिए झै हामी चमार समुदायहरुलाई समेत राज्यले विदा घोषणा गर्नुपर्ने माग राखेको बताए ।

उता चमार कल्याण समाज नेपाल रुपन्देहीले पनि रविदास मनाउने बारे छिट्टै बैठक गर्ने जिल्ला प्रतिनिधि रिकंला हरिजनले जानकारी दिनुभएको छ । हामी सारा चमार समुदायहरुको सझा संगठन चमार कल्याण समाज नेपाल केन्द्रिय कमिटिले देशभरमा रहनुभएका चमार समुदायहरुले रविदास ज्यन्ति भब्य एवमं सभ्य तरिकाले मनाउन सबैमा हार्दिक अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

प्रदीप दाहालको पहलमा ...

​जेठ ३०, सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ मा विद्युत विस्तार र सुदृढीकरणको क ...

बालविवाह तथा जबरजस्त ...

कपिलवस्तु लालु चौधरी जेठ ३० । "मौनता तोडौंः सामुदायिक नेतृत्वमा लैङ्गिक हिंसा रोकथाम परियोजना" अन्तर ...

कमला पुलको दुरावस्था ...

सिरहाटाइम्स लहान जेष्ठ ३० । मधेस प्रदेशको आर्थिक समृद्धि, व्यापारिक गतिविधि तथा जनजीवनलाई गति दिने म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१