ताजा समाचार

लहान र आसपासका क्षेत्रमा शीतलहरसहित हल्का वर्षा: जनजीवन प्रभावित

  • पुस २४, २०८१
  • १२९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान पुस २४ । लहान र आसपासका क्षेत्रमा मौसममा अचानक परिवर्तन भएको छ। हिजो बिहानैदेखि हल्का वर्षा भइरहेको छ भने केही उच्च स्थानमा शीतलहरको खबर प्राप्त भएको छ। यसले यहाँको जनजीवन बनेको छ।  बिहानैदेखि सुरु भएको शीतलहरले चिसो बढाएको छ।  स्थानीय जल तथा मौसम विज्ञान कार्यालयका अनुसार पश्चिमी वायुको प्रभावका कारण सिरहा र आसपासका जिल्लामा वर्षा र शीतलहर भइरहेको कारण जनजीवनमा निक्कै नै प्रभाव परेको छ साथै शिक्षा क्षेत्रमा चिसोका कारण विद्यालयमा विद्यार्थीहरूको उपस्थिति न्यून रहेको छ। 

फाट्टफुट्ट वर्षा र कुहिरोका कारण मुख्य राजमार्गहरूमा यातायात प्रभावित भएको छ भने सवारी साधन सुस्त गतिमा चलिरहेका छन्। केहि ठाउमा हल्का पानी परेका कारण किसानहरू भने राहत महसुस गरिरहेका छन् यसले गहुँ र तेलहन बालीलाई फाइदा पुर्याउने अनुमान गरिएको  स्थानीय बताउछ । मौसममा सुधार आउने अनुमान छ। लहान र आसपासका बासिन्दालाई सावधानी अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर नजान अनुरोध गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤