ताजा समाचार

चोरीका घटना बढे सप्तरीमा

  • पुस २३, २०८१
  • ७२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह बोदे बर्साईन पुस २३ । सप्तरीमा पछिल्लो समय चोरीको घटनामा वृद्धि भएको छ । बोदे बर्साईन नगरपालिकामा आइतबार राती घरमा चोरी भएको हो । बोदे बर्साईन नगरपालिका वडा नम्बर ७ फुलहरामा लाखौं मुल्य बराबरको विभिन्न सामाग्री घरबाट चोरी भएको स्थानीयले बताएका छन् । वडा नम्बर ७ स्थित फुलहरा टोलका ओम प्रकाश यादवको घरमा चोरी भएका छन् ।

Open photo

मध्येरातको समयमा आएको चोरहरुको समुहले ओम प्रकाश यादवको घरबाट लगभग ८ लाख मुल्य बराबरको सामाग्री जस्तै सुनको गहना, १०० किलोग्राम बराबरको चाँदीको गहनालगायत सरसामान गरी ८ लाख बराबरको चोरी भएको पीडितले बताए । चोरहरुले घरपरिवारका मानिसहरु सुतेको अवस्थामा अगाडिबाट गेट बन्द गरेर लूटपाट गरेको पीडितले बताए । चोरीको घटना बारे अनुसन्धान भइरहेको तथा खोजतलास गरीरहेको ईलाका प्रहरी कार्यालय बोदे बर्साईनले जनाएको छ । चोरीको घटना दिनप्रतिदिन वृद्धि हुँदा समेत चोरीमा संलग्नहरुलाई नियन्त्रणमा लिन भने प्रहरी असफल भएका छन् ।

Open photo

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤